२०७८ असार ४ गते शुक्रवार

गण्डकीका मुख्य मन्त्री गुरुङको सत्ता ढल्यो

कास्की, जेठ २७ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको सरकार ढलेको छ।बिहीबार प्रदेश सभामा बिश्वासको मत नपाएपछि गुरुङ नेतृत्वको सरकार ढलेको हो ।

नेकपा एमाले संसदीय दलका नेतासमेत रहेका गुरूङको पक्षमा २७ मत मात्रै प्राप्त भएको थियो । उनको विपक्षमा ३० मत प्राप्त भएको छ । मतदानमा ५८ जना प्रदेश सभा सदस्य उपस्थित भएपनि एकजना भने मतदानमा सहभागि नै भएनन् ।

मुख्यमन्त्री गुरूङलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका सांसदले भोट दिएनन् ।तीन जना सांसद रहेको जनमोर्चाका एक सांसद भने तटस्थ बसेका थिए । त्यस्तै स्वतन्त्र सांसद तथा प्रदेशका खेलकूद मन्त्री राजिव गुरूङ (दिपक मनाङ्े) पनि मतदान कार्यक्रममा सहभागि भएनन् । शुक्रबार फेरि प्रदेश सभाको बैठक बस्ने भएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *