धनगडी, जेठ २५ । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार विश्वासको मत पाएका छन् ।
नेकपा माओवादी केन्द्रको संसदीय दलका नेतासमेत रहेका भट्टले प्रदेश सभाबाट ३० मत प्राप्त गरेका हुन । उनलाई २७ मत भए प्रयाप्त थियो । जम्मा ९ सांसदले विपक्षमा मतदान गरेका थिए । प्रदेश सभामा ५१ सांसद उपस्थित थिए ।
मुख्यमन्त्री भट्टलाई नेकपा एमालेको माधवकुमार नेपाल पक्षले पनि मतदान गरेको छ । एमालेका २४ मध्ये १७ जनाले भट्टलाई मत दिएका थिए । प्रदेश सभामा माओवादी केन्द्रका १३ जना सांसद छन् । कांग्रेसका १२ जना सांसदले भने कतै मत नहाली तटस्थ बसेका थिए ।
प्रकाशित मिति : २०७८ जेष्ठ २५ गते मङ्गलवार