तुलसीपुर (दाङ), ७ पुस ।
दाङमा शुक्रबार बेलुका भएको बस दुर्घटनामा परी मृत्यु भएका २३ जना मध्ये १२ जनाको सनाखत भएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेको विवरणः–
१.जुम्ला चन्दननाथ नगरपालिका वडा नम्बर ६ बस्ने बर्ष १६ कि कुसुम रावल
२. दाङ बबई गाउँपालिका वडा नम्बर ५ बस्ने बर्ष २१ की कविता खत्री
३. जिल्ला जाजरकोट भेरीगंगा नगरपालिका वडा नम्बर ४ बस्ने बर्ष १७ को आतिस नेपाली
४. कन्चनपुर कृष्णपुर नगरपालिका वडा नम्बर ५ बस्ने बर्ष १७ का खेमराज भट्ट
५. जुम्ला चन्दननाथ नगरपालिका वडा नम्बर ३ बस्ने बर्ष १७ का हिक्मत बोहरा
६. दाङ घोराही उपमहानगरपालिका वडा नम्बर १७ बस्ने बर्ष २८ का प्रदिप घमिरे
७. दाङ दंगीशरण गाउँपालिका वडा नम्बर १ बस्ने बर्ष २० को संजित रतगैयाँ
८. जुम्ला (साविक विराट गाविस –४) कन्कासुन्दरी गाउँपालिका वडा नम्बर ५ घर भएका बर्ष २० का वीरन्द्र कडारा
९. रुकुम भुमे गाउँपालिका वडा नम्बर ६ बस्ने वर्ष २८ का नरेश वली
१०. घोराही उपमहानगरपालिका वडा नम्बर १४ बस्ने बर्ष १९ का विजय घर्ती
११. हिमा गाउँपालिका वडा नम्बर ५ बस्ने बर्ष १७ की शैलजा शाही
१२.दाङ घोराही ३ बस्ने बर्ष २६ को मदन खत्री क्षेत्री बस चालक
दुर्घटनामा परी घाइते मध्ये १३ जनाको अवस्था गम्भीर रहेको छ । घाइते मध्ये जुम्ला चन्दननाथ नगरपालिका वडा नम्बर २ बस्ने १६ वर्षकी वर्षा रोकायको अवस्था भने कही सुधार हुँदै गएको प्रहरीले जनाएको छ । गम्भीर घाइतेहरुको कोहलपुर मेडिकल कलेज र नर्सिङ होम नेपालगंजमा उपचार भइरहेको छ ।
कृष्णसेन इच्छुक पोलिटेक्निकल इन्स्टिच्युट घोराही दाङमा अध्ययरत विद्यार्थी बोकेको बस तुलसीपुर सल्यान सडकखण्ड अन्तर्गत तुलसीपुर उपमहानगरपालिका वडा नम्बर राम्री भन्ने स्थानमा दुर्घटना भएको हो । इन्स्टिच्युटमा अध्ययतरत फरेस्टीका विद्यार्थी बोटनीसम्बन्धी प्राक्टिकल भ्रमणका लागि सल्यानको छायाँक्षेत्रबाट फर्किदा दुर्घटनामा परेको हो । बस करिब ६÷७ मिटर तल खसेको छ । बसमा ३४ जना विद्यार्थी, २ जना शिक्षक र १ जना चालक गरी ३७ जना रहेका थिए ।
दुर्घटनामा घाइतेको विवरणः–
१. जुम्ला जिल्लाको तातोपानी गाउँपालिका वडा नम्बर ४ बस्ने बर्ष १८ कि हिमाली हमाल
२. जुम्ला जिल्लाको चन्दनाथ नगरपालिका वडा नम्बर ३ बस्ने बर्ष १६ का कुशेन्द्र खत्री
३. कैलाली जिल्ला टिकापुर नगरपालिका वडा नम्बर ८ बस्ने बर्ष १७ की समिक्षा रोकाया
४. अछाम जिल्ला मंगलसेन नगरपालिका वडा नम्बर ६ बस्ने बर्ष १८ का बिक्रम भण्डारी
५. रुकुम जिल्ला त्रिवेणी गाउँपालिका वडा नम्बर ३ बस्ने बर्ष १६ को प्रेम बहादुर खड्का
६. दाङ जिल्ला घोराही उपमहानगरपालिका वडा नम्बर १७ स्यूजा बस्ने बर्ष १७ की मनिका रिजाल
७. जुम्ला जिल्ला चन्दनाथ नगरपालिका वडा नम्बर २ बस्ने बर्ष १७ को जीवन भण्डारी
८. जुल्ला जिल्ला चन्दनाथ नगरपालिका वडा नम्बर ४ बस्ने बर्ष १६ की वर्षा रोकाया
९. अछाम जिल्ला मंलगसेन नगरपालिका वडा नम्बर ५ बस्ने बर्ष १८ का युवराज ढुंगाना
१०. रुकुम जिल्ला सानीभेरी गाउँपालिका वडा नम्बर ३ बस्ने बर्ष १६ की रोजिना पुन
११. दाङ जिल्ला घोराही १४ बस्ने बर्ष १८ का संजय खनाल
१२. रुकुम जिल्ला सानिभेरी गाउँपालिका वडा नम्बर १० अर्मा बस्ने बर्ष १६ का राजन डाँगी
१३. अछाम जिलला मंगलसेन नगरपालिका वडा नम्बर ५ बस्ने बर्ष १६ का भद्र बिष्ट
१४. रोल्पा जिल्ला परिवर्तन गाउँपालिका वडा नम्बर ४ बर्ष १७ का प्रकाश वली
बस दुर्घटनामा मृतकको संख्या २२ पुग्यो
अपडेट : राम्रीमा बस दुर्घटना (फोटोफिचर)
राम्रीमा स्कुल बस दुर्घटना, १० जनाको मृत्यु
राम्रीमा स्कुल बस दुर्घटना, ९ जनाको मृत्यु