तुलसीपुर, जेठ १९ । नेपली काँग्रेसबाट निर्वाचित तुलसीपुर उपमहानगरपालिकाका दश जना वडाध्यक्षले घोराही उपमहानगरपालिका १५ का वडाध्यक्ष रमेश पाण्डेमाथि दुब्र्यबहार गर्ने प्रहरी अधिकारीलाई बारबाहीको माग गरेका छन् ।
बुधबार एक संयुक्त बिज्ञप्ति जारी गर्दै तुलसीपुरका ९ जना वडाध्यक्ष र एक जना कार्यबहाक वडाध्यक्षले वडाध्यक्ष पाण्डेलाई दुब्र्यबहार गर्ने प्रहरी निरिक्षक रामनारायण गुप्तालाई कारबाहीको माग गरेका छन् ।
तुलसीपुर ७ का वडाध्यक्ष टोपबहादुर केसी, १० का कुमार लामिछाने, ९ का घनश्याम ढकाल, २ का राजु आचार्य, ५ का बिरेन्द्रकुमार शाह, ८ का बेदबहादुर केसी, ११ का चित्रबहादुर वली, १४ का परशुनारायण चौधरी, १७ का थलराज पुरी र वडा नं. १३ का कार्यबहाक अध्यक्ष बिनोद पाण्डेले संयुक्त बिज्ञप्ति मार्फत घटनाको बिरोध जनाएका छन् ।
उनीहरुले प्रश्न गरेका छन् – ‘ स्थानीय सरकारका प्रतिनिधि उपर यसप्रकारको ब्यबहार हुन्छ भने अन्य सर्वसाधारण जनताले कुन तहको शान्ति सुरक्षाको अनुभूति गर्लान ?’