२०८१ माघ ३ गते बिहिवार

चौरजहारीमा कर्णाली प्रदेश कप टी–२० क्रिकेट प्रतियोगिता हुदै

ज्ञानु गौतम, रुकुम।
पुष ५ ।
चौरजहारीमा कर्णाली प्रदेश कप टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता पुस १० गतेदेखि चौरजहारी नगरपालिकाको वडा १ नाखिरामा सुरु हुने आयोजक जिल्ला क्रिकेट संघ रुकुमले जनाएको छ । कर्णाली प्रदेशको क्रिकेट विकासमा टेवा पु¥याउने उद्धेश्यले प्रतियोगिता गर्न लागिएको संघका अध्यक्ष दिपक बाँठाले बताए । अध्यक्ष बाँठाका अनुसार प्रतियोगिताको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र वहादुर शाहीले उद्घाटन गर्नेछन ।

प्रतियोगिताको विजेताले नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । उपविजेताले नगद ६० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले बताएको छ । प्रतियोगितामा आयोजक रुकुमसहित सल्यान, सुर्खेत, कालिकोट, जुम्ला, जाजरकोट र डोल्पा गरी ७ वटा जिल्लाले प्रतियोगितामा सहभागिता जनाउने निश्चित भैसकेको बताएको छ ।

उद्घाटन समारोहमा मुख्य मन्त्री शाही संगै प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसी, प्रदेश सभा सदस्य गोपाल शर्मा अनल लगाएतको सहभागीता रहने छ । प्रतियोगितामा सहभागी सम्पूर्ण टिमलाई खाना, खाजा र बस्ने व्यवस्था आयोजकले नै गरेको छ ।

प्रकाशित मिति : २०७५ पुष ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *