२०८० चैत्र १६ गते शुक्रवार

व्यवसायीक विकासको लागि सहकार्यः प्रजिअ


दाङ, पुस ३ ।
प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जिल्लाको औद्योगिक तथा व्यवसायीक विकासका लागि स्थानीय प्रशासन सहकार्य गरेर अगाडि तयार रहेको बताएका छन् । भखरै सरुवा भएर दाङ आएका प्रमुख जिल्ला अधिकारीलाई दाङ जिल्ला उद्योग वाणिज्य संघले गरेको स्वागत सम्मान कार्यक्रममा यस्तो बताएका हुन् ।

सबैको सहकार्यबाट मात्र जिल्लाको विकास गर्ने सकिने उनको भनाइ रहेको छ । व्यवसायीहरुलाई ढुक्क भएर व्यवसाय गर्ने वातावरण मिलाइने समेत बताए । ‘व्यवसायी ढुक्क भएर व्यवसाय गर्नुहोस् हामी व्यवस्था मिलाउछौँ’ प्रजिअ रिजालले भने ।

आफूहरुलाई समयमा नै सूचना दिएर सहयोग गर्ने समेत उनको आग्रह छ । सूचना समयमा नै प्राप्त गरेमा शान्ति सुरक्षा कार्यम गर्ने सकिने उनको भनाइ रहेको छ । व्यवसायीहरुलाई व्यवसायीक मर्यादा पालना गरेर अगाडि बढ्न आग्रह गरे । कार्यक्रम संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षतामा भएको थियो ।

संघका उद्योग उपाध्यक्ष बसन्त जोशीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा धन्यवाद ज्ञापन वाणिज्य उपाध्यक्ष टंकसिंह बुढाथोकीले गरेका थिए । कार्यक्रमको सहजीकरण संघका सदस्य मिनराज भाटले गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रिजाल र राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख टेकराज तिमल्सीनालाई टीका र खादा लगाएर स्वागत गरिएको थियो ।

प्रकाशित मिति : २०७५ पुष ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *