दाङ, पुस ३ । दाङका एकजना किशोर हराएको एक महिना पछि जंगलमा शव फेला परेको छ । घोराही उपमहानगरपालिका वडा नं. १३ तुरुन्तपुर निवासी १७ बर्षीय सुवाश पुनको शव जंगलमा सडेको अवस्थामा फेला परेको हो । पुनका आफन्तले कपडाको आधारमा शवको पहिचान गरेको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलप्रशाद पाण्डेले पुन एक महिना अघि जंगलमा हराएका थिए । साथीहरु संग स्वर्गद्धारी पुगेर घर तर्फ फर्किने क्रममा उनी जंगलमा व्यपत्ता भएको एसपी पाण्डेले बताए ।
यसैबीच पुनको शव घोराही उपमहानगरपालिका वडा नं. १९ स्थित हरिकिसे भिरको जंगलमा सडेको अवस्थामा सोमवार दिउँसो फेला परेको एसपी पाण्डेले बताए । घटनावारे थप अनुसन्धान भइरहेको एसपी पाण्डेले बताए ।
प्रकाशित मिति : २०७५ पुष ३ गते मङ्गलवार