२०८१ जेष्ठ १५ गते मङ्गलवार

दाङ निजी विद्यालयहरुमा आज शोक बिदा

२९ जना घाइतेको लिष्टसहित

तुलसीपुर, चैत १० । पब्लिक ज्ञानज्योतिको प्लस टू मा अध्यनरत छात्रा संझना केसीको दूर्घटनामा मृत्यु भएको शोकमा मंगलवार जिल्लाका सबै निजी विद्यालयहरु शोक मनाउन विदा गरिएका छन् ।

निजी विद्यालयहरुको छाता संगठन जिल्ला प्याब्बसन दाङले जिल्लाका सबै विद्यालयहरुलाई शोक मनाउन भनेर एक दिन बिदाको घोषणा गरेको छ ।

उक्त दूर्घटनामा परि २९ बिद्यार्थी घाइते भएका छन् । तर प्रहरीले भने २७ जना घाइते रहेको बताएको छ ।

त्यसमध्य यो खवर तयार पार्दासम्म ९ जनालाई तुलसीपुरमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा रिफर गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

थप ११ जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमै उपचार भइरहेको छ ।

दूर्घटनामा बसका सहचालक झापा जिल्लाको हल्दिबारी १ का ३० बर्षीय होमप्रशाद चापागाँईपनि घाइते भएका छन् । ६ जना उपचार पछि डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।

यसैबीच घटनास्थलको निरिक्षणको लागि दाङका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेल, जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्द लगाएतका प्रहरी अधिकारी पुगेर फर्किएका छन् ।

प्रकाशित मिति : २०७७ चैत्र १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *