२०७८ बैशाख १ गते बुधवार

उच्च अदालत तुलसीपुरको घोराही सिमेन्ट उद्योगको नाममा अन्तरिम आदेश – धुँवा, धुलो र वातावरणिय प्रदशुन तत्काल नियन्त्रण गर्नु

तस्बिर : राजेश खत्री

तुलसीपुर, चैत ९ । उच्च अदालत तुलसीपुरले घोराही सिमेन्ट इन्ड्रिष्टिज प्रालिलाई धुँवा, धुलो र वातावरणिय प्रदुशन तत्काल नियन्त्रण गर्न अन्तरिम आदेश जारी गरेको छ ।

सोमवार मुख्य न्यायाधीश नीता गौतम दिक्षित र न्यायाधीश रमेशराज पोखरेलको संयुक्त इजलाशले पीडितको रिट निवदेन माथि सुनुवाई गर्दै घोराही सिमेन्ट इन्ड्रिष्टिज प्रालिका नाममा उद्योगबाट उत्पन्न हुने धुवा, धुलो र ध्वनी प्रदुशन तत्काल नियन्त्रण गरेर मात्रै उद्योग चलाउन अन्तरिम आदेश जारी गरेको हो ।

पीडितको तर्फबाट घोराही सिमेन्ट प्रालि र जिल्ला प्रशासन कार्यालय समेतलाई विपक्षी बनाई दायर रिट उपर सुनुवाई गर्दै सिमेन्ट उद्योगलाई तत्काल धुँवा, धुलो र वातावरणिय प्रदुशन नियन्त्रण गर्न उच्च अदातले अन्तरिम आदेश जारी गरेपछि उद्योगको मनोमानी कार्यमा ब्रेक लाग्ने देखिएको छ ।

अदालतले जनसंख्या तथा वातावरण मन्त्रालय वातावरण विभागबाट भएको निरीक्षण प्रतिवेदनमा औंल्याइएका वातावरणमा प्रतिकुल असरपार्ने कार्यहरुलाई नियन्त्रण गर्नको लागि ब्याग फिल्टर, विइन्ट ब्रेकिङ वाल र इलेक्ट्रोस्टाटिक प्रिसिपिटाटोर जस्ता उपकरणहरु तत्काल जडान तथा ब्यबस्थित गर्न आदेश जारी गरेको छ ।

त्यसका साथै सडकमा धुलो नउड्ने गरी पानीको फोहरा ब्यवस्थापन समेत तत्काल गर्न गराउनु भनि घोराही सिमेन्ट प्रालिका नाममा अन्तरिम आदेश जारी भएको छ । उच्च अदालतको आदेशले उद्योगका कारण धुलो,धुँवाको प्रदुषणको कारणले वातावरण स्वास्थ्य प्रजनन र खाद्य अधिकारमा असर पारेको प्रमाणित गरिदिएको निवेदकहरुले प्रतिक्रिया दिएका छन् ।

तर, उच्च अदालतले रिट निवेदकले दाबी गरे बमोजिम उद्योगको क्षमता बृद्धि नगर्नु नगराउनु भन्न अन्तरिम आदेश जारी गर्न मिल्ने नदेखिएको प्रष्ट पारेको छ । अन्तरिम आदेशले पछि रिट निवेदक कस्ले के भने (भिडियोमा हेर्नुहोस)

प्रकाशित मिति : २०७७ चैत्र ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *