२०८१ बैशाख ८ गते शनिवार

बुढाथोकीलाई ठक्कर दिएको मोटरसाईकल र फरार चालक पक्राउ

तुलसीपुर, पुस १ ।
पैदल यात्रुलाई ठक्कर दिएर मृत्यु भएपछि फरार मोटरसाईकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार बेलुका मोटरसाईकलको ठक्करबाट बबई गाउँपालिका वडा नम्बर–७ निवासी अन्दाजी ५८ बर्षीय नेत्रबहादुर बुढाथोकीको घटनास्थलमै मृत्यु भए लगत्तै ठक्कर दिने चालक मोटरसाईकलसहित फरार थिए ।

प्रहरीले आइतबार विहान तुलसीपुरबाट रा ४ प ३९३९ नम्वबरको मोटरसाईकल र त्यसका चालक केशवराज डाँगीलाई पक्राउ गरेको छ । प्रहरीले ठक्कर दिने मोटरसाईकल र चालकलाई रातभर खोजेपनि फेला पार्न नसकेपछि घटनास्थलबाट मोटरसाईकलको सानो टुक्रा फेला पारेर ल्याएको थियो । त्यही टुक्राको आधारमा मोटरसाईकलको पहिचान भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीले जानकारी दिए ।

‘हामीले रातभर खोज्दा फेला नपरेपछि ग्यारेजहरुमा भनेका थियौं,’– डिएसपी शाहीले भने ‘ग्यारेजमा गएपनि त्यो मोटरसाईकल भाग्यो र हामीले बरुवागाउँमा लखेटेर उसलाई पक्राउ गर्नुप¥यो ।’ पक्राउ परेका डाँगीले दुर्घटना आफूुले चलाएको मोटरसाईकलबाटै भएको प्रहरी समक्ष स्वीकार गरिसकेका छन् । २१ बर्षीय डाँगी तुलसीपुर उपमहाननगरपालिका वडा नम्बर ९ थर्कुडाँडा निवासी रहेको प्रहरीले जानकारी दिएको छ ।

पैदल हिडिरहेका बुढाथोकीलाई उक्त मोटरसाईकलले तुलसीपुर–९ दुधेनामा शनिबार साँझ सवा ९ बजेतिर ठक्कर दिएको थियो । प्रहरीका अनुसार मृतक बुढाथोकी श्रीमतीको उपचारका लागि तुलसीपुर आएका थिए । उनकी श्रीमतीले विषसेवन गरेका कारण उनको राप्ती अञ्चल अस्पतलामा उपचार भइरहेको थियो । तर दुधेनामा एउटा विहेको निम्तो मान्न जाँदै गरेको समयमा बुढाथोकीलाई मोटरसाईकलले ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ । विष सेवन गरेकी बुढाथोकीको श्रीमती भने उपचारपछि घर फर्किसकेकी छन् ।

 

प्रकाशित मिति : २०७५ पुष १ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *