२०७८ बैशाख ४ गते शनिवार

कपुरकोट र तुलसीपुरलाई जोड्ने गरि झुलुंगे पुल निर्माण गरिदै 

शंकर केसी, सल्यान, फागुन २३ ।

सल्यानको कपुरकोट गाउँपालिका र दाङको तुलसीपुर उपमहानगरपालिकालाई जोड्ने गरि झुलंगे पुलको निर्माण कार्य शुरु भएको छ ।

 

कपुरकोट गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले आइतबार कपुरकोट ३ धैरेनीमा पुलको सिलान्यास गरेका हुन ।

झोलुंगे पुल क्षेत्रगत कार्यक्रम र कपुरकोट गाउँपालिकाको लगानीमा ६७ मिटर लामो पुल निर्माण गर्न लागिएको राष्ट्रिय महासंघ कर्णाली प्रदेशका कपुरकोट अध्यक्ष समेत रहेका सेनले बताए ।

 

कपुरकोट ३ धैरेनी र तुलसिपुर ३ राम्रीलाई उक्त पुलले जोड्ने छ । ३५ लाख १६ हजार ४ सय ९७ रुपैंयाको लागतमा यसै वर्ष निर्माण कार्य सक्ने गरी पुल निर्माण गर्न लागिएको हो ।

 

पुलले पाखापानी, लामिडाँडा, धैरेनी र राम्री गाउँका धेरै नागरिकलाई प्रत्यक्ष फाइदा पुग्ने अपेक्षा गरिएको छ ।

झोलुंगे पुल क्षेत्रगत कार्यक्रमको केन्द्रीय अनुदान २९ लाख ८९ हजार २२ रुपैंया, कपुुरकोट गाउँपालिकाको आन्तरिक श्रोतबाट ४ लाख ५७ हजार १ सय ४४ र जनश्रमदान ७० हजार ३ सय २९ रुपैंयामा पुल निर्माण गर्न थालिएको हो ।

पुल निर्माण भएमा वर्षाको समयमा पनि दाङको तुलसीपुर सम्म गाउँमा उत्पादन भएको बस्तु ओसार पसार गर्न तथा आवत जावत गर्न सहज हुने कपुरकोट ३ का वडा अध्यक्ष मिनबहादुर सेनले आशा व्यक्त गरे ।

पुल निर्माण कार्यमा झोलुंगे पुल सहयोग इकाई, हुरेन्डेक सेवक नेपाल र शारदा नेपाल संस्थाको पनि सामाजिक र प्राविधिक सहयोग रहेको छ ।

त्यस्तै कपुरकोट ५ र ६ लाई जोड्ने गरी कपुरकोट ५ घुरखोलामा पनि ट्रस पुल निर्माण कार्य गरेको शारदा नेपालका कार्यक्रम संयोजक रमेश भण्डारीले बताए ।

दुबै पुल अवको दुई महिना भित्रै निर्माण भइसक्ने पनि उनले जानकारी दिए ।

 

प्रकाशित मिति : २०७७ फाल्गुन २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *