काठमाडौं,फागुन १९ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिपक्षी दलको भूमिकाबाट कांग्रेस कतै पनि डगमगाउनु नहुने बताएका छन् ।
चितवनमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेस प्रतिपक्षी दलको भूमिकामा रहनु पर्ने भन्दै जनतामा रहेका निराशा हटाउन कांग्रेस लाग्नु लाग्नु पर्ने बताए ।
उनले भने, ‘जनताले विश्वास गर्ने एकमात्र आधार रहेको पार्टी कांग्रेस हो । त्यही अनुसारको आचारण र व्यवहार देखाउन सक्नुपर्छ । राजनीति गर्नेहरुबाट जनता निराशा छन् । जनतामा रहेका निराशालाई फाट्दै यो मुलुकमा कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउनु पर्छ ।’
प्रकाशित मिति : २०७७ फाल्गुन १९ गते बुधवार