२०८२ असार ७ गते आइतवार

सितलपुर मन्दिरमा मनोरम पार्कहरु निर्माण गरिदै

तुलसीपुर, फागुन १८ । तुलसीपुरको सितलपुरस्थित शिब मन्दिरलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने गरि निर्माणको काम भइरहेको छ ।

दाङको एउटा चर्चित पर्यटकीय स्थल तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ स्थित सितलपुर शिब मन्दिर परिशरमा यतिखेर क्यारी निर्माण गर्ने, टायल बिच्छाउने र स–साना मनोरम पार्क समेत निर्माण गर्न थालिएको छ ।

लुम्बिनी प्रदेश अन्तर्गत संस्कृति तथा पर्यटन मन्त्रालयको १० लाख बजेटबाट ती कामहरु भइरहेका हुन ।

निर्माण उपभोक्ता समितिका अध्यक्ष डिल्लीबहादुर बस्नेतले ती सबै निमार्ण कार्य पुरा भए मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकाश गर्न सहज हुने विश्वास व्यक्त गरे ।

स्थानीय बासी तथा प्रदेश सांसद शंकर गिरीले मन्दिरको विकाशको लागि बजेट बिनियोजन गर्न आफुले महत्वपूर्ण भूमिका खेलेको भन्दै ती संरचना तयार भएमा मन्दिरमा दर्शन गर्न आउनेहरुको संख्या बढेर जाने विश्वास व्यक्त गरे ।

गत बर्ष मन्दिरको बिकासका लागि आयोजित शिब पुराण बाचकहरु पण्डित कोमल उपाध्याय, १०८ पुराण संकल्पकर्ता डिला पाण्डेले लगाएतले निर्माण कार्यको अबलोकन गरेका छन् ।

सितलपुर मन्दिरमा शिबरात्रीको अवसरमा ठूलो मेला लाग्ने गर्छ ।

 

 

प्रकाशित मिति : २०७७ फाल्गुन १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *