देउखुरी, फागुन १७ । राप्ती गाउँपालिकामा ५५ वर्ष माथिका नागरिकलाई कोभिड १९ विरुद्धको खोप लगाउन तयारी थालेको छ ।
फागुन २३ गते देखि चैत २ गते सम्म ५५ वर्ष माथिका नागरिक र विद्यालयका शिक्षक शिक्षिकाहरुलाई खोप लगाउन थालिएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण रावतले जानकारी दिए ।
त्यसका लागि वडा अध्यक्षहरुको संयाृजकत्वमा वडा समन्वय समिति समेत गठन गरिएको छ ।
खोप केन्द्र तथा गाउँको टोल पाएक पर्ने ठाउँमा पु¥याउने योजना अनुसार स्थान र मिति समेत तय गरिएको छ ।
बैठक गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा बसेको हो ।
प्रकाशित मिति : २०७७ फाल्गुन १७ गते सोमवार