घोराही, फागुन १७ । जनजागृति मावि लमडरुवा घोराही १० लमडरुवाका सहायक प्रधानाध्यापक श्रीधर घिमिरेलेको निधन शंकाष्पद भएको भन्दै सुक्ष्म अनुसन्धान गर्न विद्यालयले प्रशासनसंग माग गरेको छ ।
बिद्यालय परिवारले सोमवार प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई ज्ञापनपत्र बुझाउदै निष्पक्ष र सुक्ष्म अनुसन्धान गर्न माग गरेको हो ।
विद्यालयका प्रधानाध्यापक यामबहादुर डिसीको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य र जिल्ला प्रहरी प्रमुख गणेश चन्दलाई ज्ञापनपत्र बुझाउदै घिमिरेको मृत्यु शंकाष्पद देखिएकाले सत्यतथ्य छानविन गर्न माग गरेको हो ।
विद्यालयका सहायक प्रधानाध्यापक श्रिधर घिमिरे राति घरमा एक्लै थिए । उनी विहानै आफ्नै घर अगाडि शंकास्पद अवश्थामा मृत भेटिएका थिए ।
‘परीवारको भनाई अनुसार घरमा शंकाष्पद वस्तु भेटिएको भन्ने रहेको हुँदा सत्यतथ्य के हो ? निष्पक्ष छानविन गरि दोषी ठहरिएमा हदैसम्मको कारबाहीको माग गर्दछौ,’ ज्ञापन पत्रमा भनिएको छ ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान गरिरहेकाले घटनाबारे सत्यतथ्य पत्ता लाग्ने बताए ।
उनले घटनाबारे विभिन्न पाटहरुबाट अनुसन्धान गरिने आश्वासन दिए ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दले घटनास्थलमा आफूपनि पुगेको र घटनालाई प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको बताए ।
घटनाको बारे प्रहरी अनुसन्धानमै रहेको र पोष्टमार्टम रिपोर्ट आएपनि थप अनुसन्धान अगाडि बढाउने चन्दले आश्वासन दिए ।
