२०८१ जेष्ठ ११ गते शुक्रवार

तुलसा पोखरेल माथि अनुसन्धान गर्न ७ दिनको म्याद थप 

तुलसीपुर, फागुन १७ । स्कूटरबाट ब्राउन सुगर बरामद भएपछि पक्राउ परेकी तुलसा पोखरेल माथि अनुसन्धानका लागि स्थानीय प्रशासनले ७ दिनको म्याद थप गरेको छ ।

४२ बर्षीया पोखरेलाई आइतवार दिउँसो उनकै घरबाट उनैले प्रयोग गर्ने स्कूटरबाट प्रतिबन्धित लागु औषध ब्राउन सुगर बरामद गरेको थियो ।

प्रहरीले गोप्य सूचनाका आधारमा तुलसीपुर ५ स्थित घरमा राखेको उनको स्कुटरबाट ब्राउन सुगर बरामद गरेपछि उनलाई पनि नियन्त्रणमा लिएको थियो ।

सोमवार पोखरेल माथिको अनुसन्धानका लागि सात दिनको म्याद थप भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहले बताए ।

प्रकाशित मिति : २०७७ फाल्गुन १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *