घोराही, फागुन १४ । विद्यालयमा अध्ययनरत किशोर अवस्थाका छात्रा र उनीहरु मार्फत समाजमा महिनाबारी बारेमा सजकता अपनाउन घोराहीको सरस्वती माध्यामिक विद्यालय भरतपुरमा किशोरी क्लव गठन गरिएको छ ।
क्लवले महिनावारीका बेला अवनाउनु पर्ने सावधानी, प्याड प्रयोग गर्ने तरिका र प्याडको ब्यवस्थापन कसरी गर्ने भन्ने बारे सचेतना फैलाउने भएको छ ।
जसको उदेश्य महिनावारीका बेला पनि किशोरीहरु नियमित रुपमा विद्यालयमा आउने बनाउनु रहेको छ ।
महिनाबारीबारे छात्राहरु स्वयंमलाई र उनीहरु मार्फत परिवार र समाजमा समेत जानकारी दिनका लागि क्वलको गठन गरिएको सरस्वती माध्यमिक विद्यालय भरतपुर दाङका प्रधानाध्यापक बसन्ता पौडेलले जानकारी दिइन ।
कक्षा ६ देखि १० कक्षासम्म पढ्ने छात्राहरुको शुक्रवार भएको भेलाले ‘विद्यालय रोज बहिना किशोरी क्लव’ गठन गरेको हो ।
कक्षा ८ मा अध्ययनरत छात्रा सरिता राना मगरको अध्यक्षतामा १५ सदस्यीय किशोरी क्लव गठन गरिएको छ ।
यो बिद्यालयले एक महिनाका लागि एक जना छात्रालाई १६ वटा प्याड निशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ ।
महिनाबारीका बेला गरिने लापरवाहीले महिलाहरुमा क्यान्सर लगायतका प्राणघातक रोगको जोखिम हुने भन्दै त्यसका लागि विद्यालयतहबाटै सजकता अपनाउन शुरु गरिएको प्रधानाध्यापक पौडेलले बताइन ।
सरकार र रोज फाउन्डेसनका सहयोगमा कार्यक्रम अघी बढाइने विद्यालयले जनाएको छ ।