२०८१ फाल्गुन ६ गते मङ्गलवार

नुवाकोटको दुप्चेश्वरमा गाडी दुर्घटना, १६ जनाको मृत्यु

मंसिर २८। नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा मिनिट्रक दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो शिखरबेशीबाट घ्याङफेदीतर्फ जाँदै गरेको मिनीट्रक दुर्घटना हुँदा १६ जनाको शव भेटिएको प्रहरीले बताएको छ ।

गाडीमा ४० जना यात्रु रहेको बताइएको छ । गाडी भीरबाट करीब ४०० मिटर तल खसेको बताइएको छ । घटनास्थलमा पुगेको प्रहरीले उद्दार कार्य जारी रहेकाले घाइते र मृतककको संख्या बढ्न सक्ने प्रहरीले बताएको छ । तामाङ समुदायको साँस्कृतिक पर्व मनाएर फर्किदै गरेकाहरु दुर्घटनामा परेका हुन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *