२०७७ फाल्गुन २४ गते सोमवार

नेपालगञ्जबाट डेढलाख रकमसहित ९ जुवाडे पक्राउ


दाङ, फागुन १० । बाँकेमा ९ जुवाडे डेढलाख रकमसहित पक्राउ परेका छन् । जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ बौद्ध टोलस्थित भट्टु मियाको घरमा जुवा खेलिरहेका अबस्थामा मियासहित ९ जना जुवाडे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

पक्राउ परेकाहरुको साथबाट एक लाख ५० हजार एक सय ६५ नगद र छ गड्डी तास बरामद भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय नेपालगञ्जबाट खटिएको टोली सोमबार दिउँसो साढे १२ बजेतिर जुवाको खालबाट उनीहरुलाई पक्राउ गरेको जानकारी दिए ।

प्रहरीले घर धनी मिया बाहेक अरु कसैको पनि नाम भने सार्वजनिक गरेको छैन । पक्राउ परेका सबैका बिरुद्ध प्रहरीले जुवा ऐन अन्तरगत मुद्दा चलाएर अनुन्धान गरिरहेको जानकारी दिएको छ । पक्राउ परेकाहरु बिरुद्ध मुलुकी फौजदारी संहिता ऐन २०७४ को दफा १ सय २५ बमोजिम तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिवानाको व्यवस्था रहेको छ ।

यसैबीच बाँके प्रहरीले चालु आर्थिक बर्षको हालसम्मको अवधिमा ३५ जुवाडे पक्राउ गरेको तथा उनीहरुको साथबाट ३४ लाख ८० हजार ६ सय १५ रुपैंया राजश्व संकलन भएको जनाएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन १० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *