तुलसीपुर,फागुन ९ । तुलसीपुर उपमहानगरपालिका वडा नं १९ बिजौरी स्वास्थ्य चौकीको कार्य क्षेत्र अन्तर्गत पर्ने सक्राममा क्षयरोगको समुदायस्तरमा माईकोस्कोपी क्याम्प कार्यक्रम सम्पन्न भएको छ ।
तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखाको आयोजनामा उक्त कार्यक्रम भएको हो ।
समुदाय स्तरमा लुकेका क्षयरोगिहरुको पहिचान गरि यसको न्यूनीकरण गर्ने मुख्य उद्देश्यले क्याम्प सञ्चालन गरिएको जनस्वास्थ्य प्रवर्द्धन शाखाका क्षयरोग फोकल पर्सन विष्णु गिरीले जानकारी दिए ।
क्याम्पमा १७ जना पुरुष र ८ जना महिलाकाे खकार जाँचकाे लागि नमुना लगिएको उनले बताए । त्यसको रिपोर्ट भोलि मात्र आउने छ।
सो अवसरमा बिजाैरी स्वास्थ्य चाैकि प्रमुख शिव प्रशाद तिवारी ,ल्याबअसिस्टेट जीवन श्रेष्ठ नेपाली, पदम केसी,महिला स्वास्थ्य स्वंसेविका खिमा वलि र सुजा चापागाईकाे लगाएतको सहभागिता रहेको थियो ।