तुलसीपुर,फागुन ४ । नेपाल पत्रकार महासंघ दाङका प्रदेश पार्षद निरास पाण्डेकी ममतामयी आमा दुर्पता पाण्डेको निधन भएको १२ औँ दिनको अवसरमा श्रद्धान्जली सभा सम्पन्न भएको छ ।
मंगलवार नेपाल पत्रकार महासघं दाङ,प्रेस संगठन दाङ, नेपाल प्रेस युनियन दाङ,प्रगतिशील पत्रकार सघं दाङको संयुक्त आयोजनामा शान्तिनगर गाउँपालिका वडा नं ४ चिराघाटमा रहेको पाण्डे निवासमा श्रद्धान्जली सभा सम्पन्न भएको हो ।
नेपाल पत्रकार महासंघ दाङ शाखाका सचिव भूपेन्द्र प्रकाश वलीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासघं दाङका पुर्व अध्यक्ष एवं वर्तमान सल्लाहाकार सुदीप गौतमले ग्रामिण क्षेत्रमा बसेर पत्रकारितासगंसगै समग्र पश्चिम दाङको विकासका लागी निरास पाण्डेले अतुलनीय भूमिका खेलेको बताए ।
उनले आमाको प्रेरणाले नै परिवार र समाज रुपान्तरणमा सहज भएको बताउँदै अब पनि आमाले देखाएको बाटोमा हिंड्न परिवारजनमा आग्रह गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासघं दाङका सल्लाहाकार दुर्गालाल केसी,सामुदायीक रेडियो प्रसारक सघं अको¥यावका प्रदेश सचिव संगित बस्याल,प्रेस युनियनका केन्द्रीय पार्षद चेतन रेग्मी,प्रेस संगठनका प्रेम राम्जा,रिपोर्टस क्लव दाङका अध्यक्ष सरद रेग्मी,क्रियाशिल पत्रकार महिला सघं दाङका सहससचिव यमकला भुसाल लगाएतले शोक मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा धन्यावाद ज्ञापन गर्दै स्व. पाण्डेका जेठो छोरा निरास पाण्डेले नेपाल पत्रकार महासंघ दाङमा आमाको नाममा अध्यकोष स्थापना गर्ने बताए ।
श्रद्धान्जली कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासघं दाङका सह–सचिव गोर्कण पौडेलले गरेका थिए ।
स्व. पाण्डेको माघ २३ गते ६९ वर्षको उमेरमा निधन भएको थियो ।