२०८३ असार ३० गते मङ्गलवार

संसद विघटन मुद्दामा एमिकस क्युरीको बहस सुरू

काठमाडौं, फागुन ४ । संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटन मुद्दामा आजदेखि एमिकस क्युरीको बहस सुरू भएको छ।

संसद विघटनविरूद्ध परेका रिटमा पक्ष–विपक्षका वकिलहरूको बहस सकिएपछि आजदेखि एमिकस क्युरीको बहस सुरू भएको हो।

मंगलबार वरिष्ठ अधिवक्ता बद्री बहादुर कार्कीले राय दिन सुरू गरेका छन्।

एमिकस क्युरीको काम मुद्दाको फैसला गर्न इजलासलाई सहयोग गर्ने हो।

सरकारले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि त्यसविरूद्ध सर्वोच्च अदालतमा १३ वटा रिट परेका छन्।

प्रकाशित मिति : २०७७ फाल्गुन ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *