२०८१ माघ ३ गते बिहिवार

जस्ले उम्मेदवारी फिर्ता लिएपनि लोभलाग्दो मत प्राप्त गरे

तुलसीपुर,फागुन २ । शनिवार भएको तुलसीपुर उद्योग बाणिज्य संघको निर्वाचनमा उम्मेदवारी फिर्ता लिएका तीन जना व्यक्तिले लोभलाग्दो मत प्राप्त गरेको देखिएको छ ।

सदस्य पदमा उम्मेदवारी दिएरपनि आफ्नो उम्मेदवारी फिर्ता लिएका दूर्गाबहादुर खड्काको २ सय ८९ मत प्राप्त गरेका छन् ।

त्यस्तै सह–कोषाध्यक्ष पदमा उम्मेदवारी दिएपनि आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हेमेन्द्र खड्काले २ सय मत प्राप्त गरेका छन् । उम्मेदवारी फिर्ता लिएकी यमकुमारी घिमिरेले १ सय ९६ मत प्राप्त गरेकी छन् ।

उनीहरु तीनै जनाले एकै दिन संयुक्त बिज्ञप्ति प्रकासित गरि आ–आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका थिए ।

उनीहरु सबै जनाले नेपाली काँग्रेसका आधिकारीक उम्मेदवारहरुलाई समर्थन जनाउँदै उम्मेदवारी फिर्ता लिएको घोषाणा गरेका थिए । निर्वाचनको अघिल्लो दिन बिहानै ९ माघ ३०० गते उनीहरु सबैले उम्मेदवारी फिर्ता लिएका थिए ।

माघ २९ गते उम्मेदवारी फिर्ता लिन पाइने अन्तिम समय सीमा थियो । उनीहरु तीनै जनाले सोही दिन नै उम्मेदवारी फिर्ता लिन खोजिरहेका थिए ।

त्यो संभव नभएपछि माघ ३० गते बिहानै उनीहरुले नेपाली काँग्रेसबाट टिकट वितरण गर्न गठित संयन्त्रका संयोजक केशब आचार्यलाई सम्बोधन गर्दै उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका थिए ।

‘हामीले स्वतन्त्रबाट चुनाब लडेको भएपनि जित्ने संभावना राम्रो थियो,’ दूर्गाले भने ‘तर,हामीले व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर पार्टीको हितमा काम गरेका हौं।’

उनीहरु तीनै जनाले सुरुमा स्वतन्त्रबाट उम्मेदवारी दिएको भएपनि पार्टीको लागि त्याग गरेको बिज्ञप्तिमा उल्लेख गरेका थिए ।

उम्मेदवारी नै फिर्ता लिइसकेका ब्यक्तिहरुको नाममा झन्डै ३ सय हाराहारीमा मत आउनु चानचुने कुरा होइन । यसले धेरैलाई आश्चर्य चकित पारिदिएको छ ।

यो मत साँच्चि उनीहरुको लोकप्रियताले गर्दा हो कि ? प्रतिद्धन्दीलाई हराउन सहयोग पुगोस भनेर खेर फाल्न गरिएको मतदान हो रु त्यसबारे चिया गफहरुमा चर्चा परिचर्चा हुन थालेको छ ।

 

प्रकाशित मिति : २०७७ फाल्गुन २ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *