तुलसीपुर,फागुन २ । तुलसीपुर उद्योग बाणिज्य संघको मत परिनाम अनुसार सदस्यहरुमा सबैभन्दा लोकप्रिय मत स्वतन्त्र उम्मेदवार रुपेश शर्माले प्राप्त गरेका छन् ।
उनले सदस्यहरु मध्य सबैभन्दा बढी ८ सय ४ मत प्राप्त गरेका छन् ।
त्यसपछि जनकबहादुर रावतले ७ सय ३९ मत, पवन केसीले ७ सय ४ मत ल्याउन सफल भएका छन् ।
निर्वाचित अन्य सदस्यहरु मध्य दिपेश भण्डारी ६ सय ९१ र नबिन राई ६ सय ६५ मत प्राप्त गरेका छन् ।
महिला सदस्य तर्फ निलम बस्नेत ५ सय ८१ र निर्मला भुसाल ५ सय ४८ मत प्राप्त गरि भएका छन् ।
यो संगै तुलसीपुर उद्योग बाणिज्य संघको सम्पूर्ण मत परिनाम सार्वजनिक भएको निर्वाचन समितिका संयोजक प्रबिण लम्सालले जानकारी दिए ।
प्रकाशित मिति : २०७७ फाल्गुन २ गते आइतवार