तुलसीपुर,माघ ३० । बिजौरी उद्योग वाणिज्य संघले फागुन २९ गते ८ औं साधारणसभा कार्यक्रम गर्ने भएको छ ।
सघंको शुक्रबार बसेको बैठकले फागुन २९ गते साधारसभा गर्ने निर्णय गरेको हो ।
सघंका अध्यक्ष प्रेमनाथ योगीको अध्यक्षतामा बसेको बैठकले १० जनालाई सल्लाहाकार समितिमा नियुक्त गरेको महासचिव बिदुर गौतमले जानकारी दिए ।
सल्लाहाकार समितिमा हेमराज न्यौपाने, विष्णु चौधरी, रमेश डाँगी, नविना के.सी. वली, बिरेन्द्र खड्का, पुष्पा डाँगी, दिपक बस्नेत, होमबहादुर बस्नेत, लिलाधर वली र टेकराज रजौरे रहेको संघका प्रेस सल्लाहकार राकेश बस्नेतले जानकारी दिए ।
प्रकाशित मिति : २०७७ माघ ३० गते शुक्रवार