दाङ,माघ २९ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) प्रचण्ड– नेपाल समुहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्र्रीलाई पक्राउ गएिकोमा नेपाली काँग्रेसका नेताहरुले बिरोध गरेका छन् ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र केन्द्रीय सदस्य गगन थापाले सामाजिक सञ्जाल मार्फत बिरोध जनाएका छन् ।
झाँक्रीलाई पक्राउ गरेर सरकारले ्अधिनायकवादी चरित्र उदाङ्गो पारेको काँग्रेस बरिष्ठ नेता पौडेलले बताएका छन् ।
‘झाँक्रीलाई पक्राउ गर्नु संविधानले व्यवस्था गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि नाङ्गो हस्तक्षेप हो,’ बिहीबार ट्वीट गर्दै पौडेलले लेखेका छन्, ‘संविधानले व्यवस्था गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि नाङ्गो हस्तक्षेप गर्दै सरकारले झाँक्रीलाई पक्राउ गरेको छ।
हामीले ल्याएको लोकतन्त्र बोल्नै नपाउने भन्ने होइन ।’
त्यस्तै नेता गगन थापाले सरकारले प्रश्न सोध्नेहरुलाई थुनेर तर्साउन खोजेको भन्दै बिरोध जनाएका छन् ।
थापाले ट्वीटमा लेखेका छन् ‘कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ?’
दुबै नेताले नेतृ झाँक्र्रीको बिनासर्त रिहाईको मागपनि गरेका छन् ।