२०८१ माघ १३ गते आइतवार

मोटरसाईक चोरेर जंगलमा लुकाउने र प्यूठान लगेर बेच्ने गिरोह पक्राउ

दाङ,माघ २६ । मोटरसाईकल चोरी गरि जंगलमा लुकाउने र प्यूठानमा लगेर वर्कसपमा लगेर बेच्ने गिरोह पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय बाँके प्रमुख एसपी ओमबहादुर रानका अनुसार बाँकेको खजुरा गाउँपालिका वडा नं. ३ धौलागिरीका (बेरोजगार) ३५ बर्षीय रामबहादुर थापा र जुम्लाको चन्दननाथ नगरपालिका वडा नं. ११ कालिखोला घर भइ हाल नेपालगन्ज ४ बसपार्कमा किराना पसल गर्ने ३१ बर्षीय धिरेन्द्र बिक्रम शाहले मिलेर मोटरसाईकल चोरी गरि वन जंगलमा लुकाउने र पछि प्यूठान जिल्लाको मोटरसाईकल वर्कसपमा लगेर बेच्ने गरेको जानकारी दिए ।

दाङको गढवा गाउँपालिका वडा नं. ४ घर भइ प्यूठान जिल्लाको दरभानमा वर्कसपमा मिस्त्रीको काम गर्ने २८ बर्षीय ईरसाद अहमद मुसलमान र बाँकेको नेपालगन्ज १० सुगन्धटोल घर घइ प्यूठान जिल्लाको चेरनेटामा मोटरसाईकल वर्कसपमा (मिस्त्री काम गर्ने २८ बर्षीय रंजित शर्मालाई लगेर थापा र शाहले मोटरसाईकल दिने गरेका थिए ।

जहाँ उनीहरुले मोटरसाईकलको नम्बर प्लेट, ईन्जिन नम्बर र चेसिच नम्बर परिबर्तन गर्ने गर्दथे ।त्यसपछि ती मोटरसाईकल रोल्पाको लुँग्री गाउँपालिका वडा नं. १ पाङ घर भइ जिप,कार भाडामा चलाउने २८ बर्षीय छबिलाल पुन मगर, रोल्पा लुँग्री ४ गुम्चाल घर घइ बैदेशिक रोजगारीमा आवद्ध २४ बर्षीय नबराज रोका क्षत्री ले किनेर लैजान्थे । ती मोटरसाईकल उनीहरले दाङ, रोल्पा, प्यूठान, जाजरकोट सम्मका पहाडी जिल्लाहरुमा बिक्रि गर्ने गरेको एसपी रानाले जानकारी दिए ।

एसपी रानाका अनुसार सुरुमा रामबहादुर थापाले भारतीय मोटरसाईकल चोरी गर्ने गिरोहसंग चोरीका मोटरसाईक खरिद गरि सस्तोमा बेच्ने गर्दै आएका थिए । कोरोना भाइरसको महामारीले लकडाउन सुरु भएपछि थापाको भारतीय तस्करहरु संगको सम्पर्क टुटेपछि उनले धिरेन्द्र बिक्रम शाहलाई साथी बनाएर फेरि मोटरसाईकल चोरी थालेका हुन ।

चोरी गर्न जाँदा उनीहरुले बा ३६ प ५९४ नम्बरको एभेन्जर मोटरसाईकल प्रयोग गर्ने गर्थे । जाँदा संगै जाने र यातायात, मालपोत र अस्पताल जस्ता भिडभाड युक्त ठाउँमा पुगेपछि पार्किङ गरेका मोटरसाईकलको तारकाटेर डाइरेक्ट स्टार्ट हुने गराउँथे । त्यसपछि शाहले थापाको र थापाले चोरीको मोटरसाईकल कुदाएर भाग्ने गरेको भन्ने कुरा खुल्न आएको एसपी रानाले बताए ।

त्यसरी चोरी गरेका मोटरसाईकल समातिने डरले उनीहरुले घरमा ल्याउँदैन थिए । बरु कहिले ढकेरी र कहिले सम्शेरगञ्जमा गएर ती मोटरसाईकल जंगलमै लुकाएर फेरि एउटै मोटरसाईकलमा घर फर्किने गरेको एसपी रानाले जानकारी दिए ।

पछिल्लो समय माघ ५ गते नेपालगन्ज १८ स्थित एक रेष्टुरेण्टको पार्किङ स्थानबाट नेपालगन्ज २० का प्रतिक गुरुङको भे १० प ३५०६ नम्वरको २०० सिसीको एनएस मोटरसाईकल चोरी भएपछि प्रहरीले सुक्ष्मरुपमा अनुसन्धान सुरु गरेको थियो ।

उक्त मोटरसाईकल चोरीपछि प्यूठानमा बिक्रि गरेको तथ्य फेला परेपछि प्हरी सहायक निरिक्षक बिबेक अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले प्यूठानमै गएर स्थानीय प्रहरीको सहयोगमा मानिस पक्राउ गरेपछि मोटरसाईकल चोरी गर्ने गिरोह नै पक्राउ गर्न प्रहरी सफल भएको हो ।

जसले बिगत ९ महिना यता मात्रै बिभिन्न समयमा गरि ६ वटा मोटरसाईकल चोरी गरेको तथ्य प्रहरीले सार्वजनिक गरेको हो । उनीहरुले यो अबधिमा ५ वटा मोटरसाईकल बाँकेका बिभिन्न ठाउँबाट र एउटा मोटरसाईकल बर्दिया जिल्लाबाट चोरी गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

थापा र शाहले मिलेर यो बीचमा लु ३९ प २८६६, रा ४ प ४५५०, रा ५ प ६२३३, लु ४५ प ८९२८, रा ५ प ३२३ र बा ३६ प ५९४ नम्बरको मोटरसाईहरु चोरी गरेको प्रहरीले बताएको छ । उनीहरुले प्राय प्ललसर १५० सिसी, २२० र एनएस बाईक चोरी गरेको प्रहरीले बताएको छ ।

मुलुकी अपराध संहिता ऐन २०७४ को चोरी सम्बन्धि कसुरको दफा २४२ को उपदफा २ बमोजिम ३ बर्ष सम्म कैद सजाए र ३० हजार जरिवानको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २०७७ माघ २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *