२०८१ पुष २९ गते सोमवार

राप्तीको ३ नम्बरमा नौमती बाजा हस्तान्तरण

तिर्थराज ज्ञवाली, देउखुरी, माघ २७ । 

कला सस्कृतिको रक्षा गर्दै परम्परागत बाजाहरुको नयाँ पुस्तामा पुराउन भन्दै स्थानीयलाई नौमती बाजा हस्तान्तरण गरिएको छ ।

राप्ती गाउँपालिका वडा नं. ३ नयाँबस्तिका स्थानीयलाई वडा कार्यालयको बार्षिक वजेट अनुसार वडा एक समुह गठन गरि बाजा हस्तान्तरण गरिएको हो ।

मंगलवार एक कार्यक्रमको आयोजना गरि गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले नयाँबस्ती पञ्चेबाजा ब्यवस्थापन समितिलाई बाजा हस्तान्तरण गरेका हुन ।

जसमा दमाहा, झ्याली, ट्याम्को, ढोलक, सहनाई, कर्नाल, नरसिङ्गा बाजाको सेट रहेको वडा नं. ३ का सचिव दामोदर पोख्रेलले जानकारी दिए ।

वडा अध्यक्ष चन्दर चौधरीको अध्यक्षतामा बाजा हस्तान्तरण कार्यक्रम भएको हो ।

के हो, नौमति बाजा ? 

नौमती बाजा नौवटा बाजाहरूको सामूहिक बाजा हो । यो पञ्चेबाजाको ठूलो रूप हो ।

जसमा चारवटा अरू बाजाहरू थपिएको हुन्छ । सहनाई र दमाहा दूई–दूईवटा हुन्छन् सनाही र नरसिङ्गा (फुकेर), ठूलो दमाहा, सानो दमाहा, ढोलक र ट्याम्को (ठोकेर) तथा झ्याम्टा र मुजुरा एक आपसमा जुधाएर बजाइन्छ ।

नौ जना वाद्यवादक लोक कलाकारहरूले सुर र ताल मिलाएर एकैपटक बजाउने गरेकाले यो वाद्य समूहलाई नौमती बाजा भनिएको हो ।

पछिल्लो समय नौमती बाजा लोप हुँदै गइरहेको अवस्थामा बजा संरक्षणका लागि अभियान नै सुरु गरिएको छ ।

 

प्रकाशित मिति : २०७७ माघ २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *