२०८२ असार २७ गते शनिवार

अघिपछिका तिता भुलेर सच्चा प्रजातन्त्रबादी चुनाबमा एक भएर होमिनु पर्छ – काँग्रेस नेता गेहन्द्र गिरी

तस्बिर – अरुण लहरे । 

तुलसीपुर,माघ २७ । नेपाली काँग्रेसका नेता तथा पूर्व सांसद गेहन्द्र गिरीले तुलसीपुर उद्योग बाणिज्य संघमा पार्टीले सिफारिस गरेका उम्मेदवारका पक्षमा प्रचार प्रसार गर्न आग्रह गरेका छन् ।

मंगलवार बिहान प्रेस यूनियन आवद्ध पत्रकारहरुलाई आफ्नै निवासमा बोलाएर छलफल गर्दै पूर्व सांसद गिरीले कम्युनिष्टहरुका क्षणिक गुलिया कुरामा अलमल नभएर प्रजातान्त्रिक उद्योगी व्यवसायीका पक्षमा माहोल बनाउन सकारात्मक रुपमा प्रचार प्रशार गरि निर्वाचनमा बिजयी बनाउन आग्रह गरेका हुन ।

‘काँग्रेसले जस्लाई उम्मेदवार बनाउँछ ती व्यक्तिप्रति कसैको पनि दोबिधा हुनुहुन्न,’ नेता गिरीले भने ‘ सामान्ने रुपमा केही कुराहरु बाहिर आएपनि २८ गतेपछि त्यो सबै समस्या समाधान हुन्छ । काँग्रेसका व्यवसायी एक भएर निर्वाचनमा होमिनेछन् ।’

उनले टेकनप्रशाद बस्नेत ९हिमाल० समयको आवश्यकता र माग भएको बताए ।

‘उहाँलाई किन दोह¥याइएको हैन, उहाँको आवश्यकताले गर्दा पार्टीले उहाँलाई पुनः संघको नेतृत्व गर्न पठाएको हो,’ नेता गिरीले भने ‘उहाँ र उहाँको परिवारको संघमा ठूलो लगानी छ ।’

उनले पत्रकारहरुलाई कसैको सत्य तथ्य समाचार सम्प्रेशन गर्न आग्रह गरे ।

नेता गिरीले काँग्रेसले अघि सारेका सबै उम्मेदवारलाई अत्यधिक बहुमतले बिजय गराउन सबै उद्योगी,ब्यबसायी, पेशागत संघ संगठनहरुले सकारात्मक भूमिका खेल्नु पर्ने धारणा राखे ।

‘ अघिपछि कुनै तितो छ भने पनि हामीले यो समयमा बिर्सेर पार्टीले पठाएका उम्मेदवारलाई बिजय गराउन भूमिका खेल्नु पर्छ,’ नेता गिरीले भने ‘ आन्तरिक संघर्ष जहाँपनि हुन्छ,तर बिपक्षी संग लड्दाखेरी घर परिवार एक हुनुपर्छ।’

काँग्रेस एउटा बृहत परिवार भएको हुँदा अघिपछिका सानातिना कुरा भूलेर एक भएर सबै चुनाबमा होमिन उनले फरककोण मार्फत अपिल पनि गरेका छन् ।

 

प्रकाशित मिति : २०७७ माघ २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *