२०८१ जेष्ठ १७ गते बिहिवार

बिजौरीमा मोटरसाईकलको ठक्करबाट एक पैदल यात्रुको मृत्यु

तुलसीपुर, माघ २७ । दाङको बिजौरीमा सोमबार बेलुका मोटरसाईकलको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ ।

मोटरसाईकलको ठक्करबाट गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका वडा नं। १९ का ७६ बर्षीय दिलबहादुर बुढाथोकीको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहले जानकारी दिए ।

सोमबार बेलुका साढे ७ बजेतिर तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको लु ५६ प ९८१७ नम्बरको मोटरसाईकलले तुलसीपुर १८ बिजौरीमा बुढाथोकीलाई ठक्कर दिएको थियो ।
डिएसपी सिंहका अनुसार अस्पताल पु¥याएको केही बेरमै उनको मृत्यु भएको थियो ।

मोटरसाईकल चालक सर्लाही जिल्लाका २२ बर्षीय दिपेश सुतियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुतियार तुलसीपुर–घोराही फोरलेन सडक खण्डका सभओभरसियर रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ माघ २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *