२०८१ माघ ९ गते बुधवार

लैङ्गिक हिंसा न्यूनिकरण बारे सडक नाटक प्रदर्शन


देउखुरी ,माघ २५ । राप्ती गाउँपालिका क्षेत्रमा लैङ्गिक हिंसा अन्त्यका लागि सडक नाटक पर्दशन गरिएको छ । दूर्गा भवानी आधारभुत विद्यालयमा आयोजना गरिएको लैङ्गिक हिंसा अन्त्यका लागि सडक नाटक पर्दशन गरिएको हो ।

नाटक हेरिसकेपछि राप्ती गाउँपालिका उपाध्यक्ष तथा न्ययिक समिति संयोजक जगदम्वा कुमारी चौधरीले हरेक बालबालिका तथा उनका परिवारमा हिंसाको असर तथा पीडकलाई कानुनी उपचार बारे जानकारी गराउनु आवस्यक रहेको प्रतिक्रिया दिइन ।

अस्ट्रेलियन एड, कारितास अस्ट्रेलिया तथा कारितास नेपालको आर्थिक सहयोगमा मिलाप कृषि सहकारी संस्था र नमुना शान्ति युवा क्लवको आयोजनामा सडक नाटकको पर्दशन गरिएको हो । दूर्गा भवानी आधारभुत विद्यालय मसुरीयाका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र भुसालको अध्यक्षता तथा गाउँपालिकाकी उपाध्यक्ष चौधरीको प्रमुख आथित्यतामा नाटक पर्दशन भएको हो ।

त्यसक्रममा कारितास नेपालका क्षेत्रीय प्रमुख जनक शर्मा, कार्यक्रम संयोजक ऋषि शर्माले समाजमा हुने %5त्याचारको बिरोध गर्न आग्रह गरेका थिए ।समाजले गरेको दुर्बेब्यवहार र पीडकले पाउने सजायका बारेमा सडक नाटक केन्द्रित थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सूर्यप्रकाश भण्डारी, राप्ती गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख जिवन जिसी, मिलाप सहकारी संस्थाका दलबहादुर घर्ती, अनु चौधरीले हिंसा न्युनिकरण गर्न अपनाउने तरिका तथा ब्यवहारका बारेमा जानकारी दिएका थिए ।

प्रकाशित मिति : २०७७ माघ २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *