२०८१ माघ २६ गते शनिवार

थप १ सय १९ सङ्क्रमित थपिए, दुईको मृत्यु

काठमाडौं,माघ २५ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ११९ जना सङ्क्रमित थपिएका छन् ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७१ हजार ९२५ पुगेको छ । त्यस्तै २४ घण्टामा २६० जना संक्रमण मुक्त भएका छन् ।

हाल क्वारेन्टिनमा ९२ जना छन् भने आइसोलेसनमा एक हजार ८१५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै चौबीस घण्टामा २६० जना संक्रमणमुक्त भएका छन् । यो सँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६८ हजार ७२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ३८ पुगेको छ ।

 

 

प्रकाशित मिति : २०७७ माघ २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *