दाङ, माघ २४ । दाङको लमहीमा ट्रयाक्टर दूर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
लमही नगरपालिका वडा नं.७ का २७ बर्षीय चालक हेमन्त गिरीको शुक्रवार दिउँसो १ त ३१७४ नम्वरको ट्रयाक्टर दूर्घटना परि घटनास्थलमै मृत्यु भएको हो ।
वडा प्रहरी कार्यालय लमहीका अनुसार लमही ६ अजुर्न खोलाबाट ढुँगा लोडगरि उकालोमा चढिरहेको ट्रयाक्टरको ट्रली भाँचिएपछि ट्रयाक्टरको अगाडिभाग घोप्टिएर गिरीलाई च्यापेको थियो ।
प्रकाशित मिति : २०७७ माघ २४ गते शनिवार