बुटवल, माघ २४ । लुम्बिनी प्रदेशको स्थापना दिवस स्थायी राजधानीको केन्द्र तोकिएको दाङको राप्ती गाउँपालिकामा आयोजना गरिने भएको छ ।
शुक्रबार बुटवलमा बसेको प्रदेश स्थापना दिवश कार्यक्रम सञ्चालन तथा ब्यवस्थापन समितिको बैठकले आगामी फागुन २, ३ र ४ गते स्थायी राजधानी तोकिएको दाङको राप्ती गाउँपालिकामा स्थापना दिवस मनाउने निर्णय गरेको हो ।
प्रदेश स्थापना दिवश कार्यक्रम सञ्चालन तथा ब्यवस्थापन समितिका अध्यक्ष आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बैठक बसेको बैठकले त्यस्तो निर्णय गरेको हो ।
उक्त बैठकले लुम्बिनी प्रदेशका सबै जिल्लाको सहभागितामा विभिन्न कार्यक्रम गरि ३ दिन प्रदेश स्थापना दिवश मनाउने निर्णय गरेको बैठकमा सहभागि राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले जानकारी दिए ।
राप्ती गाउँपालिकामा तीन दिनसम्म धुमधाम पूर्वक मलाईने स्थापना दिबसको प्रमुख आथिति मुख्यमन्त्री शंकर पोख्रल रहने निर्णयपनि बैठकले गरेको छ ।
बैठकमा प्रदेशका भौतिक पु% 4्वाधार विकाश मन्त्री बैजनाथ चौधरी, सामाजिक विकास मन्त्री सुदर्शन बराल, राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका प्रमुख सुर्यप्रसाद अधिकारी, प्रमुख सचिव भरतमणि सुवेदी लगाएत प्रदेश मन्त्रालयका सचिवहरु सहभागि थिए ।
बैठकले स्थापना दिवसको अवसरमा फागुन २ गते सबै पालिकाहरुमा शिक्षा, स्वास्थ्य, सरसफाई संग सम्वन्धित कार्यक्रम सञ्चालन गर्ने, फागुन ३ गते विशेष कार्यक्रमको आयोजना गरि प्रदेश सरकारद्धारा घोषणा गरिएका पदकहरु सम्वन्धित ब्यक्तिहरुलाई सुशोभित गर्ने, प्रदेश भरिका सञ्चार माध्यमवाट प्रदेशका बारेमा जानकारी मुलक कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।
फागुन ४ गते प्रदेश स्थापना दिवशको अवसरमा प्रदेशका विभिन्न स्थानमा वातावरण संरक्षण मुलक कार्यक्रमको आयोजनासहित दिपावली गर्ने निर्णय पनि बैठकले गरेको राप्ती गाउँपालिकाका अध्यक्ष सुवेदीले जानकारी दिए ।
सोही बैठकले स्थापना दिवस मनाउन प्रदेशका मन्त्रालय, १२ वटै जिल्लाका पालिका, संघ संस्था, सुरक्षाकर्मी, सञ्चारकर्मी, स्वास्थ्यर्मी मार्फत कार्यक्रम ब्यवस्थित गर्न आब्हान गरिएको छ । कार्यक्रममा प्रदेशको कला, संस्कृति र भेषभुषा झल्कने झाँकी समेत प्रदर्शन गरिने भएको छ ।
गत असोज २० गते लुम्बिनी प्रदेशको राजधानीको केन्द्र राप्ती गाउँपालिकामा रहने निर्णय घोषणा गरिएको थियो ।
मतदानबाट राजधानीको केन्द्र छिनोफानो गरिएको थियो ।
