कपुरकोट, माघ २३ ।सल्यानको कपुरकोट गाउँपालिका वडा नं. ५ रिममा आयुर्वेदिक औषधालय भवन सिलन्यास गरिएको छ ।भवनको शुक्रबार कपुरकोट गाउँपालिकाका अध्यक्ष भिमबहादुर सेनले सिलान्यास गरेका छन् । प्रदेश विशेष अनुदान तर्फबाट गाउँपालिकामा प्राप्त ४० लाख रुपैंयाको लागतमा सुम्निमा निर्माण सेवाले भवन निर्माणको जिम्मा लिएको छ ।भवन ६ कोठे हुने छ ।
यो गाउँपालिकाले चालु आर्थिक वर्षमा थप दूई वटा वडा कार्यालयका भवनपनि निर्माण गर्न लागेको छ । ६०÷६० लाख लागतमा १ र ६ नम्बर वडा कार्यालयको भवन निर्माण कार्य शुरु भइसकेको उनले जानकारी दिए ।
त्यस्तै ७ वटा विद्यालयको भवन र ३ वटा गाउँघर क्लिनिकका भवनपनि निर्माण गरिने अध्यक्ष सेनले बताए ।जसमा सरस्वति आधारभूत बिद्यालय जामुनेको ४ कोठे भवन, प्रावि क्युरेनीको २ कोठे भवन, शिद्ध बाबा बाल विकास केन्द्रको २ कोठे भवन निर्माण कार्य यसै वर्ष पुरा गर्ने लक्ष्य राखिएको छ ।
त्यस्तै नेरामावि किमुचौर, जीवन ज्योति मावि रिम, शिद्ध आधारभुत विद्यालय खालीको तला थप गर्न लागिएको छ । कपुरक%8 ट ६ मा रातामाटा चौर गाउँघर क्लिनिक, डांग्री गाउँघर क्लिनिक र वडा नं. ३ मा पाखापानी गाउँघर क्लिनिकको भवन निर्माण गर्ने योजना शाखाले जनाएको छ ।