तुलसीपुर,माघ १७ ।निर्माण सम्पन्न भएको करिब ३ बर्षसम्म पनि सञ्चालनमा आउन नसकेको तुलसीपुर बसपार्कको सार्वजनिक सौचालय शनिवारदेखि सञ्चालनमा आएको छ ।
तुलसीपुर–सुर्खेत सडक खण्डमा पर्ने उक्त सार्वजनिक सौचालय किवानिज क्लव अफ राप्तीको संरक्षकत्वमा सञ्चालनमा आएको हो । तुलसीपुर उपमहानगरपालिकाले सार्वजनिक सौचालय निर्माण गरे पनि व्यवस्थापकिय कमजोरीका कारण सञ्चालन हुन सकेको थिएन ।
सौचालयलाई क्लव अफ राप्ती र तुलसीपुर उपमहानगरपालिका ५ का जनप्रतिनिधिबीच समन्वय पछि सञचालनमा आएको हो ।वडा नं. ५ का वडाध्यक्ष विरेन्द्रकुमार शाहले क्लवलाई सरक्षकत्व र सरसफाइको व्यवस्थापनको जिम्मा दिंदै सौचालयको चाँबी हस्तान्तरण गरेका छन् ।
बसपार्कको प्रवेशद्धारमै रहेको सौचालय सञचालनमा नआउंदा सार्वजनिक सवारी चढ्ने यात्रुहरु र बाटो हिड्ने बटुवालाई समस्या हुंदै आएको थियो ।
तुलसीपुर उपमहानगरपालिकाले आफ्नै स्वामित्वको जग्गामा आफ्नो लगानीमा सौचालय निर्माण भएको छ ।कार्यक्रमका वडाध्यक्ष शाहले क्लवको सामाजिक अभियानलाई वडाले थप साझेदारी र सहकार्य गर्ने बताए ।शाहले दुरुस्त सरसफाइको व्यवस्थापनसहित सौचालय सञ्चालन गर्नपनि क्लवलाई आग्रह गरे ।
क्लवका अध्यक्ष विमल पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा महिला अधिकारकर्मी सुष्मा गिरीले सौचालयको व्यवस्थापनले तुलसीपुरको सुन्दरता र सभ्यताको पहिचान झल्किने बताइन ।
क्लबका प्रवक्ता प्रकाश सेर्पाइलीले क्लव कुनै दातृ निकायको सहयोगमा सञ्चालन नभएको बताए ।नेपाल स्वतन्त्र यातायात मज्दुर संगठनका केशव भण्डारीले सामाजिक काममा क्लवसंग आफुहरुले पनि हातेमालो गर्ने प्रतिवद्धता व्यक्त गरे ।
क्लवका संरक्षक जागेश्वर वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण किवानिज क्लव आफ राप्ती दाङका कार्यक्रम संयोजक नरेन्द्र वलीले गरेका थिए ।