२०८१ असोज ५ गते शनिवार

बाँकेमा कोरोनाका कारण सिनियर अनमी भारतीको मृत्यु

दाङ, माघ १६ । बाँकेमा एक जना सिनियर अनमीको कारोना संक्रमणका कारण मृत्यु भएको छ ।

जिल्लाको बैजनाथ गाउँपालिका टिटेहरीया स्वास्थ्य चौकीमा कार्यरत ४७ वर्षीया सिनियर अनमी रम्भा भारतीको शुक्रवार बिहान ५ः २७ बजे भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको छ ।

बाँकेका जिल्ला कोभिड – १९ संकट ब्यबस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले सिनियर अनमी भारती कोरोना संक्रमण पुष्टि भएपछि माघ १४ गते अस्पतालमा भर्ना भएको जानकारी दिए ।

देशमा फ्रन्ट लाइनका स्वास्थ्यकर्मीलाई कोरोना विरुद्धको खोप लगाउने क्रम जारी रहँदा सिनियर अनमीको कोरोनाकै कारणले मृत्यु भएको छ ।

यो संगै बाँकेमा हालसम्म कोरोना संक्रमणका कारण ५२ जनाको मृत्यु भएको छ ।

 

प्रकाशित मिति : २०७७ माघ १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *