रोल्पा,माघ १५ । रोल्पामा तेल बोक्ने ट्याङ्कर दुर्घटना भएको छ । रोल्पा नगरपालिका वडा नं. १ भदौरे मन्दिरको घुम्ति नेर ट्याङ्कर दुर्घटना भएको हो ।
दुर्घटनामा परि चालक हरबजन सिंहको मृत्यू भएको छ । नेपालगंज घर भएका ४५ बर्षे चालक सिंहको लास रोल्पा अस्पतालमा राखिएको छ ।
गम्भिर घाइते भएका चालकलाई उपचारका लागि रोल्पा अस्पताल लैजादै गर्दा बाटोमै मृत्यू भएको रोल्पा अस्पतालले बताएको छ ।
रुपैडियाका सहचालक १९ वर्षिय सुनिल शंकर सामान्य घाइते भएका छन् । उनको निधारमा चोट लागेको रोल्पा प्रहरी प्रवक्ता सन्तोष केसीले जनाकारी दिए ।
नेपालगंज डिपो बाट रोल्पामा रहेको जलजला पेट्रोल पम्पको तेल बोकेर आएको ट्याङ्कर दुर्घटनामा परेको हो ।
दुर्घटना के कारणले भएको हो भन्ने बारेमा अहिले सम्म केही खुलेको छैन ।
ना ४ ख २२५७ नम्बरको ट्याङ्कर सडक देखि करिव ५० मिटर तल खसेको प्रहरीले बताएको घटना स्थल पुग्नु भएका हाम्रा सहकर्मी लोकन्द्र चन्दले जानकारी दिए ।
ट्याङ्कर दुर्घटना हुँदा ट्याङ्रमा रहेको २ हजार लिटर डिजेल र ९ हजार लिटर पेट्रोल नष्ट भएको पम्प सचालन गरेको सस्था लुङ्ग्री माडि सहकारी सस्थाका रामबहादुर वलीले बताए ।