तुलसीपुर, माघ १५ । तुलसीपुर उद्योग बाणिज्य संघका महासचिव रुपबहादुर खत्रीले आफु नै अध्यक्षको लागि सक्षम रहेको भन्दै कसैलाई पनि नेतृत्व नछोड्ने बताएका छन्।
फरककोणसंग महासचिव खत्रीले आफुले बिगत सात बर्षदेखि संघमा आवद्ध रहेर सेवा गर्दै आएको तथा यो बीचमा आफुले समेत क्षमता बिकाश गरेको हुँदा आफु नै अध्यक्ष पदका लागि योग्य उम्मेदवार भएको बताएका हुन ।
‘उद्योग बाणिज्य संघ कसैको पेवा हैन,’ खत्रीले भने ‘ म कसैलाई पनि छोड्दिन।’
महासचिव खत्रीले पार्टीले आफुलाई नै तुलसीपुर उद्योग बाणिज्य संघका लागि टिकट दिने बिश्वास समेत व्यक्त गरे । खत्रीले भने–‘जित्ने मैले नै हो र टिकट पनि मैले नै पाउँछु ।’
तर, उनले सकभर सर्वसहमतिमै नेतृत्व चुन्दा राम्रो हुने बिचार व्यक्त गरे ।
‘ संघ सबै व्यापारीको छाता संगठन हो । यसमा सबै व्यवसायी अट्नु पर्छ । सर्वसहमतिमा नेतृत्व चयन भए कसैसंग मनमुटाव र तित्तक्ता हुँदैन ।
म त झनै एउटा सहकारी अभियान्तापनि हुँ, त्यसैले सबै व्यबसायिका बीचमा सहकार्य कायम हुने विधि नै उपयुक्त हो,’ खत्रीले भने ।
तर, उनले सहमति नभए प्रजातान्त्रिक बिधिबाट भएपनि नेतृत्व चयन गर्दा झनै नेतृत्व बलियोसंग स्थापित हुने बिश्वास व्यक्त गरे ।
उनले भने –‘म कसैलाई नेतृत्व छोड्दिन, बरु म निर्वाचनको बिधिबाट जानु परेपनि तयार छु।’
तपाँई कुन नेकपालाई समथर्न गर्नुहुन्छ रु भन्ने प्रश्न गर्दा – महासचिव खत्रीले आफु साझा व्यक्ति भएको प्रतिक्रिया दिए ।
‘ म बामपन्थी आस्था राख्ने व्यक्ति हुँ र अहिले पार्टी दूई चिरा भएको अवस्थमा म कतै गएको छैन,’ उनले भने ‘ म प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड– नेपाल समुह कतै कित्तामा छैन ।’
उनले आफु सानो व्यवसाय किराना पसल गर्दै आएको हुँदा व्यापारीका पिरमर्का राम्रो संग बुझेको दाबी गरे ।
‘म किराना पसल, भाँडा पसल हुँदै अहिले घर तथा भवन निर्माण सम्वन्धि व्यापार गर्छु,’ उनले भने ‘म सानो व्यापार गर्दैै स्थापित व्यक्ति हुँ । मलाई साना–ठूला सबै व्यापारिको पिर मर्का राम्रो संग थाहाँ छ ।’ त्यसैले आफुले साना ठूला सबै व्यापारिको साथ र समर्थन पाउने उनको विश्वास छ ।
उनले आफुलाई व्यवसायिक सदस्यहरुले एक कार्यकाल सदस्य हुँदै महासचिव सम्ममा पठाएको बताए ।
‘ यो बीचमा मैले व्यबसायिक सदस्यहरुको हकहितका लागि क्षमताले भ्याए सम्म व्यबसायिको हकहितमा काम गरेको छु,’ उनले भने ‘ त्यही नै मैले चुनाब जित्ने सबैभन्दा बलियो आधार हो ।’
उनले आफु अध्यक्षमा निर्वाचित भएपछि बाणिज्य संघको विधान अनुसार सबै व्यवसायिहरुका लागि कर, भ्याट बारे तालिम प्रशिक्षण चलाउने योजना सुनाए ।
तुलसीपुर बाणिज्य संघले जनप्रतिनिधि आउनु भन्दा पहिला थुप्रै सामाजिक कामहरु गरेको भन्दै उनले आफुले पनि स्थानीय सरकारसंग समन्वय गरि सामाजिक कार्यका साथै तुलसीपुर क्षेत्रको व्यापार व्यवसायलाई उचाईमा पु¥याउन इमान्दारी पूर्वक भूमिका निर्वाह गर्ने बताए ।
‘म इमान्दार मान्छे हुँ र म निर्वाचित भए इमान्दारी पूर्वक व्यवसायिक हकहितमा समर्पित भएर काम गर्ने छु,’ उनले भने ‘ म बाट कुनै जाल झेलका कुरा हुने छैन।’
तुलसीपुर उद्योग बाणिज्य संघको अधिवेशन जति नजिक आउँदै छ त्यति नै धेरै यसको नेतृत्व लिन इच्छुकहरुको दौडधुप चुलिदै गएको देखिन्छ छ ।
यही माघ २४ गते संघको २६ औं र २७ औं साधारण सभा तथा अधिवेशन हुने मिति घोषणा गरिएको छ भने फागुन १ गते निर्वाचनको मिति घोषणा भइसकेको छ ।
बाणिज्य संघको नेतृत्वको लागि मुख्य गरि नेपाली काँग्रेस समर्थित व्यवसायिक नेताहरु र सत्तासिन दल नेपाल कम्युष्टि पार्टी ९नेकपा० समर्थित व्यवसायिक नेताहरुको दाबीहरु पर्कट भइरहेका छन् ।
यद्यपी अन्य पार्टी र संगठन निकट व्यबसायिक नेताहरुको पनि नेतृत्वको दाबीहरु सानो स्वरमा भएपनि सुनिन थालेका छन् ।
स्वतन्त्र विश्लेशकहरुका ती साना दलहरु आवद्ध व्यवसायिहरुले नेतृत्वमा दाबी गरेपनि अनुसार उनीहरु किङमेकर हुन सक्छन् ।
‘ यसपालि पनि संघको नेतृत्व प्रजातान्त्रिक वा बामपन्थि प्यानलकै व्यबसायिक नेतहरु पुग्ने देखिन्छ,’ एक जता विस्लेशकले भने ‘ साना दल निकटका व्यवसायिहरुको त्यसमा महत्वपूर्ण भूमिका रहेपनि उनीहरु आँफै नेतृत्वमा पुग्ने अवस्था देखिदैन ।’
यतिबेला नेकपा दूई चिरामा बिभक्त भएको हुँदा बामपन्थी व्यवसायीहरुका लागि नेतृत्वमा पुग्न सजिलो भने छैन ।
यद्यपी हालसम्म सकभर सर्वसहतिका लागि कसरतहरु भइरहेका छन् । कस्को नाममा सर्वसहमति हुने भन्ने एकीन भने भइसकेको छैन ।