२०८१ बैशाख १३ गते बिहिवार

देशभर कोरोनाविरुद्धको खोप अभियान सुरु

काठमाडौँ,माघ १४ । नेपालमा कोरोना भाइरस संक्रमण पुष्टि भएको एक वर्षपछि यसविरुद्धको खोप अभियान सुरु भएको छ ।

बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट यसको सुभारम्भ गरेका हुन् ।

अभियान सुरु भएसँगै सातै प्रदेशमा खोप लगाउन सुरु भएको छ ।

आज देशभरका ६२ अस्पतालमा रहेका १२० खोप केन्द्रबाट १२ हजारलाई खोप प्रदान गरिने बताइएको छ ।

नेपालमा अक्स्फोर्ड–एस्ट्राजेनेकाले विकास गरेको खोप तथा भारतको औषधी उत्पादक कम्पनीले उत्पादन गरेको कोभिसिल्ड खोप प्रयोग गर्न थालिएको हो ।

पहिलो चरणमा भारतले १० लाख डोज उपहारस्वरुप दिएको खोप लगाउन थालिएको हो ।

प्रकाशित मिति : २०७७ माघ १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *