२०७७ फाल्गुन १८ गते मङ्गलवार

पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

काठमाडौं,माघ १३ । पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दर्ता भएको छ ।

राजाराम घिमिरेसहित ४ जनाले ढुंगानाविरुद्ध दिएको अवहेलना मुद्दा सर्वोच्च प्रशासनले दर्ता गरेको हो ।

ढुंगानाले केही दिनअघि न्यायाधीशविरुद्ध आपत्तिजनक टिप्पणी गरेको भन्दै उनीहरुले अवहेलना मुद्दा दर्ता गरेको बताएका छन् ।

ढुंगानाले अदालतले शत प्रतिशत संसद ब्यूँताउनुपर्छ, सडकबाट न्यायाधीश तान्ने दिन आउन सक्छ भनी टिप्पणी गरेका थिए ।

मंगलबार नै सर्वोच्चमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि अदालतको अवहेलना मुद्दा दर्ता भएको छ ।

प्रकाशित मिति : २०७७ माघ १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *