२०८१ असोज ४ गते शुक्रवार

आगोमा जलेर मृत्यु भएकी मोतिकलाको परिवारलाई किवानिस क्लवद्धारा आर्थिक सहयोग 

तुलसीपुर,माघ १२। आगोमा जलेर मृत्यु भएकी मोतीकला खड्काको परिवारलाई किवानिस क्लब अफ राप्तीले आर्थिक सहयोग गरेको छ।

सोमबार तुलसीपुर उपमहानगरपालिका वडा नं १० चौलाहीमा रहेको स्वर्गिय खड्काको निवासमा गई छोराहरू डिल्लीराज खड्का,सुधन खड्कालाई नगद रु.१० हजार ५ रुपैया आर्थिक रकम सहयोग गरेको हो।

स्वर्गिय खड्का पुस १० गते विहान खाना पकाउँदै गर्दा सारीमा आगो सल्किएपछि गम्भीर घाइते भएकी थिइन ।

उनको माघ २ गते राति पाल्पामा ५५ वर्षको उमेरमा मृत्यु भएको थियो ।

किवानिस क्लब अफ राप्तीका अध्यक्ष बिमल पोख्रेलको अध्यक्षतामा उक्त कार्यक्रम भएको थियो ।

सामाजिक सेवाभावका साथ गठन भएको क्लवले सामाजिक दायित्ववोध गर्दै सामाजिक कार्य गर्दै आएको क्लवका वरिष्ठ उपाध्यक्ष भुपाल रावतले वताउनुभयो ।

सो अवसरमा क्लवका उपाध्यक्ष हेमन्त प्रकाश वली, महाँसचिव नवराज रेग्मी, सह कोषाध्यक्ष गोर्वद्धन रिजाल,सचिव गिता विश्वकर्मा सदस्यहरु नरेन्द्र वली, जागेश्वर वली, निर्मल वली लगाएतको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति : २०७७ माघ १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *