२०८२ असार ३० गते मङ्गलवार

प्रदेशमा जस्ले मुख्यमन्त्री बनाउन समर्थन गर्छ , त्यसैलाई सहयोग गर्ने बारे काँग्रेसमा छलफल

काठमाडौं, माघ ९ । नेपाली काँग्रेसले प्रदेशसभा कसरी प्रस्तुत हुने भन्ने सवालमा छलफल गरेको छ । सभापति शेरबहादुर देउवाले शुक्रबार बुढानिलकण्ठ निवासमा बरिष्ठ नेता रामचन्द्र पौडेल र बागमती प्रदेशका केन्द्रीय सदस्यलाई बोलाएर छलफल सो बारेमा छलफल गरेका हुन ।

बागमती प्रदेश सभामा मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध अविश्वास प्रस्ताव छलफलका लागि शुक्रवार पेश भएसँगै नेपाली कांग्रेस पनि रणनीति बनाउन जुटेको हो । जसले मुख्यमन्त्री दिन्छ उसैलाई सहयोग गर्ने रणनीति अख्तियार गर्ने कि ? भन्ने बारेमा छलफल केन्द्रित भएको काँग्रेसका एक केन्द्रीय सदस्यले जानकारी दिए ।

छलफलमा सहभागि अधिकाँस सहभागिले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षलाई सहयोग गर्न नहुने धारणा राखेको पनि ती केन्द्रिय सदस्यले बताए ।

सभापति देउवाले त्यसपछि जस्ले मुख्यमन्त्रीमा काँग्रेसलाई समर्थन गर्छ नेकपाको त्यही समूहलाई साथ दिएर अगाडि बढ्न सकिने धारणा राखेको ती केन्द्रीय सदस्यले जानकारी दिए ।

बागमती प्रदेशमा पुस ९ गते नेकपाका प्रचण्ड–नेपाल पक्षले संसदीय दलको नेताबाट मुख्यमन्त्री पौडेललाई हटाएर दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गर्दै भावी मुख्यमन्त्रीका रूपमा प्रस्तुत गरेको छ ।

त्यस्तै प्रदेश नम्बर १ मा पनि मुख्यमन्त्री शेरधन राईविरूद्ध नेकपाका प्रचण्ड–नेपाल समूहले अविश्वास प्रस्ताव राखेको छ । यी दुबै प्रदेशमा नेकपाका दुबै समूहलाई बहुमतमा पुग्न कांग्रेस नभई हुँदैन ।

प्रकाशित मिति : २०७७ माघ ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *