२०८१ असोज ४ गते शुक्रवार

साइवर क्राईम तथा अपराध नियन्त्रण सम्बन्धी अभिमुखीकरण

तुलसीपुर,माघ ९ । नेशनल प्याव्सन तुलसीपुर र प्याव्सन तुलसीपुरको संयुक्त आयोजना तथा ईलाका प्रहरी कार्यालय तुलसीपुरको सहकार्यमा शुक्रवार साइवर क्राईम तथा अपराध नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

प्याव्सन तुलसीपुरका अध्यक्ष गिरिराज डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै डिएसपी सिहले लागू औषध प्रयोग,साईवर क्राईम तथा विभिन्न अपराधीक गतिविधिमा विद्यार्थीहरुको समेत सहभागिता देखिएको भन्दै सबैको सहकार्यमा यसलाई नियन्त्रण गर्न सकिने बताए ।

उनले विद्यालयका प्रिन्सिपल तथा शिक्षकहरु भनेको सभ्य समाज निर्माणका अभियन्ता भएको भन्दै तपाईहरुको सहयोगमा विद्यार्थीहरुलाई अनुसासित बनाउन सकिने बताए ।

अहिलेका विद्यार्थीहरु बिना लाईसेन्स सावरी साधन चलाउने, लागू औषधको कुलतमा फस्ने , अपराधिक गतिविधिमा संलग्न हुने , साईवर क्राईममा फस्ने , अनावश्यक गेम खेल्ने जस्ता गतिविधिमा संलग्न हुन थालेको प्रति चिन्ता व्यक्त गर्दै विद्यालयहरुको सहकार्यमा स्कुल स्कुलमा कार्यक्रम गर्ने बताए ।

उनले विद्यार्थीहरुलाई अनुसासित,सभ्य र योग्य वनाउनका लागि विद्यालयमा गएर अभिभावक, शिक्षक ,विद्यार्थी र सामाजिक व्यक्तित्वकोहरुको विचमा छलफल र अन्तरक्रिया कार्यकम गरेमा उनीहरुलाई सही ट्रयाकमा ल्याउन सकिने बताए ।

साथै यसका लागि सवै विद्यालयहरुको सहयोग र समन्वय आवश्यक रहेको बताए ।

आफु आएको ८ महिनामा अपराध न्युनीकरण, लागुऔषध प्रयोग तथा ओसार पसार , ट्रार्फिक व्यवस्थापन ,जुवातास,वेश्यावृति लगायतका १० वटा क्षेत्रमा अप्रेसन गरेर नियन्त्रण उन्मुख रहेको भन्दै अबको अप्रेसन विद्यालय र विद्यार्थीलाई सुधार्ने रहेको बताए । तर त्यसका लागि यस क्षेत्रका विद्यालयहरुले सहयोग गर्नेमा विश्वस्त रहेको धारणा व्यक्त गरे ।

कार्यक्रममा नेशनल प्याव्सनका केन्द्रीय सदस्य प्रकाश कुमार शर्र्माले आफुहरु बालबालिकाहरुलाई योग्य नागरिक निर्माणमा लागेको भन्दै अपराध नियन्त्रणमा प्रहरीसंग सहकार्य गर्न तथा सहयोग गर्न तयार रहेको बताए ।

सो अवसरमा नेशनल प्याव्सन दाङ अध्यक्ष बिमल गौतम, प्याव्सन दाङका उपाध्यक्ष मधुसुदन केसी , तुलसीपुर नगर जेसिजका अध्यक्ष नारायण प्रसाद भट्टराई लगाएतले सकारात्मक कामका लागि आफुहरु संगसंगै जान तथा सहयोग गर्न तत्पर रहेको बताए ।

नेशनल प्याव्सन तुलसीपुरका अध्यक्ष शालिकराम कार्किको स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रमको सञ्चालन प्याव्सन तुलसीपुरका सचिव विष्णु योगीले गरेका थिए ।

 

 

प्रकाशित मिति : २०७७ माघ ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *