२०८० चैत्र १६ गते शुक्रवार

कांग्रेसले देशभरका ६ हजार ७ सय ४३ वडामा प्रदर्शन गर्दै

काठमाण्डौ,माघ ८ । नेपाली काँग्रेसले आज प्रतिनिधि सभा विघटनविरुद्ध वडास्तरीय प्रदर्शन गर्दैछ।

काँग्रेसले आज देशभरका ६ हजार ७ सय ४३ वडामा प्रदर्शन गर्न लागेको हो।

प्रतिनिधि सभा विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गर्दै काँग्रेसले चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेर आन्दोलनमा छ ।

यसअघि पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा काँग्रेसले विरोध प्रदर्शन गरेको थियो।पुस २५ गते विरोध प्रदर्शनलाई थप विस्तार गर्दै ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा र माघ ३ गते ७ सय ५३ स्थानीय तहमा विरोध गरिएको थियो।

आज हुने वडा स्तरीय प्रदर्शनमा सहभागि हुन सभापति शेरबहादुर देउवाले सबैलाई अपील गरे ।

उनले पार्टीको सबै तह एवं लोकतन्त्रवादी सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न आग्रह गरे ।

प्रकाशित मिति : २०७७ माघ ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *