२०८१ बैशाख ७ गते शुक्रवार

माबि भोजपुरको व्यवस्थापन समिति चुनाव एकाएक किन रोकियो ?

तुलसीपुर, माघ ७ । माघ सात गते विहान ८ बजेदेखि मावि भोजपुरमा विद्यालय व्यवस्थापन समितिका सदस्यको निर्वाचनको मिति तय भएको थियो । निर्वाचनको दिन नेतृत्व चुन्न भनेर अभिभावक विद्यालयमा पुगे । बुधवार दिउँसो सम्मपनि विद्यालय प्राङगन भरि नै अभिभावक बसि रहे । तर, निर्वाचन भएन । किन ? तुलसीपुर उपमहागरपालिका वडा नं. १४ का एक अभिभावक पोषण बस्नेतका अनुसार अहिले विभक्त अवस्थामा रहेको नेकपा केही नेताहरुको चलखेलका कारण निर्वाचन हुन नसकेको हो ।

‘ केपी समुहका केही स्थानीय नेताहरुले चुनावमा हारिने त्रासले निर्वाचन नै हुन दिएनन्,’ बस्नेतले भने ‘षडेन्त्र पूर्ण तरिकाले एकाएक निर्वाचन रोक्ने काम भयो ।’ विद्यालयका प्रधानाध्यापक ओमप्रकाश वलीले भने केही अभिभाकले दोहोरो नाम लेखाएको भन्ने गुनासोका आधारमा निर्वाचन रोक्नु परेको बताए ।

विद्यालय व्यवस्थापन समितिको निर्वाचन गराउन त्यहाँ कुलबहादुर बस्नेत, प्रधानाध्यापक वली र जंगबिर केसीको निर्वाचन समिति निर्माण गरिएको छ । नेकपा केपी समुहका केही नेताहरुको दबाबका कारण मंगलावर बेलुका साढे ७ बजेतिर विद्यालयमा सूचना टाँसेर निर्वाचन स्थगित भएको जानकारी दिइएको थियो ।

‘बदनियत पूर्वक ढंगले कसैले थाहाँ नपाउने समयमा उनीहरुले एकलौटी ढंगले सूचना टाँसेका रहेछन्,’ अभिभावक पोषण बस्नेतले भने ‘ चुनावमा पराजित हुने डरले अँध्यारोमा सूचना टाँसेर सबै अभिभावकलाई उल्लु बनाउने बदमासी भएको छ ।’

अर्का एक अभिभावकले भने गैर अभिभावकले पनि विद्यालयमा निर्वाचनमा सहभागि हुन दाबी गरेपछि निर्वाचन एकाएक स्थगित हुन पुगेको बताए ।अब अर्कौ निर्वाचनको मिति कहिले तोक्ने भन्ने बारेमा विद्यालयमा निर्वाचन समितिका बीचमा छलफल भइरहेको स्रोतले बताएको छ ।भित्र छलफल चलिरहँदा अभिभावक भने विद्यालय प्राङगणमा बसेका छन् ।

प्रकाशित मिति : २०७७ माघ ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *