दाङ, माघ ७ । रोल्पाको बस पार्कमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।
रोल्पा नगरपालिका वडा नं. ४ स्थित बस पार्कको सडक छेउमा नगरपालिकाको वडा नं. १० का ३२ बर्षीय दीपक रोका बुधबार विहान मृत फेला परेका हुन ।
जिल्ला प्रहरी प्रमुख नरेशराज सुबेदीले रोकाको मृत्युको कारण खुलि नसकेको भएपनि अत्यधिक मदिरा सेवनका कारण मृत्यु भएको हुन सक्ने अनुमान गरिएको बताए ।
शव पोष्ट मार्टमको लागि जिल्ला अस्पताल रेउघामा पठाइएको छ । रोका ज्याला मजदुरी काम गर्ने व्यक्ति हुन ।
अत्यधिक मदिरा सेवन पछि लडेर वा चिसोमा कठ्याङग्रिएर मृत्यु भएको हुन सक्ने पूर्व अनुमान गरिएको प्रहरीले बताएको छ । रोकाको शरिमा कुनैपनि बाहिरी घाउ चोट नदिएको पनि प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७७ माघ ७ गते बुधवार