२०७७ कार्तिक ४ गते मङ्गलवार

घोराहीमा चोरी गर्ने महिलाको गिरोह पक्राउ

दाङ, मंसिर २६ ।
दाङमा चोरी गर्ने महिलाको गिरोहलाई पक्राउ परेको छ । घोराहीका विभिन्न पसलहरुबाट सामान चोरी गरेको अभियोगमा पाँचजना महिलालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

‘पसलहरुमा सामान खरिद गर्ने बहानामा सामान चोरी गर्दै हिड्ने महिलाहरुको गिरोह पक्राउ परेका छन्,’ दाङ जिल्ला प्रहरी प्रवक्ता रामप्रसाद घर्तीले भने । पक्राउ परेका महिलाहरुको नाम र ठेगाना भने प्रहरीले सार्वजनिक गरेको छैन । उनीहरुलाई घोराही उपमहानगरपालिका वडा नम्बर १५ स्थित बजारबाट मंसिर २३ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका महिलाहरुबो साथबाट चोरीको चार थान ब्ल्याङ्केट फेला परेको छ । पक्राउ परेका महिलाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । यसैबीच प्रहरीले यस्ता किसिमका महिला समूहबाट व्यापारी र व्यवसायी वर्गलाई सचेत रहन आग्रह पनि गरेको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *