२०८१ भाद्र २३ गते आइतवार

कांग्रेसले शनिबार ७५३ वटै स्थानीय तहबाट सरकारविरूद्ध विरोध प्रदर्शन गर्ने

काठमाडौँ,माघ २ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि आन्दोलनमा रहेको नेपाली कांग्रेसले शनिबार देशभरका ७५३ वटै स्थानीय तहबाट सरकारविरूद्ध विरोध प्रदर्शन गर्ने तयारी गरेको छ।

सभापति शेरबहादुर देउवाले शुक्रबार अपिल जारी गर्दै प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमविरूद्ध प्रदर्शनमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।

‘भोलि माघ ३ गते ७५३ स्थानीय तहमा निर्धारित विरोध प्रदर्शन सक्रिय सहभागिता साथ प्रभावकारी रुपले सफल बनाउन म सबैमा हार्दिक अपील गर्दछु,’ देउवाले भनेका छन्।

यसअघि कांग्रेसले सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाविरुद्ध पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो।

 

प्रकाशित मिति : २०७७ माघ २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *