२०८० चैत्र १६ गते शुक्रवार

चल्लाका बच्चा स्याहार्दै गायक गोविन्द ‘मधुर’ आचार्य

तुलसीपुर, पुस २६ । चर्चित गायक तथा संगीतकार गोबिन्द ‘मधुर’ आचार्य आफ्नो पुर्खेउली गाउँ एकलीमा व्यवसायिक रुपमा कुखुरा पालन सुरु गरेका छन् । दंगिशरण गाउँपालिका वडा नं. ३ एकली गाउँमा उनले झन्डै अढाई सय लोकल कुखुरा र ५० वटा हाँस पालेका छन् ।

ती कुखुराका बच्चाहरु उनले चितवनबाट किनेर ल्याएको जानकारी दिए । उनले एउटा कुखुरालाई सरदर ७५÷८० रुपैंया खरिद मुल्य पर्न गएको बताए । कुखुराको खोर र चल्लाहरु किनेर ल्याउँदा हालसम्म ५लाख बढी लगानी लागेको उनले जानकारी दिए ।

लकडाउनको समय सदुपयोग गर्दै आफुले गाउँमा कुखुरा पालन सुरु गरेको उनले बताए । त्यही प्रयोजनका लागि उनले गत असारमा घरेलु उद्योगमा आचार्य बहुउदेश्य फारमपनि दर्ता गरेको जानकारी दिए ।

‘म लकडाउनको समयमा काठमाडौंबाट दाङस्थित घर आए र त्यसै बसेर समय बर्बाद गर्नुभन्दा केही गर्नुपर्छ भन्ने सोचका साथ कुखुरा पाल्ने सोच बनाएको हुँ,’ उनले थपे ‘ अप्ठेरो पर्दा आफ्नै ठाउँ चाहिने रहेछ भन्ने अनुभूति भएपछि आफ्नै गाउँ ठाउँमा केही गर्नुपर्छ भन्ने सोच बनेको हो ।’

उनले अन्य यूवाहरुले पनि त्यसै समय विताउनु भन्दा संभव भएसम्म सानो तिनो काम गरेर बसे गलत कुराको सिकार हुनबाट जोगिन सकिने सुझाए । आफ्नो मुख्य रुचिको बिषय गीत संगीतलाई निरन्तरता दिदै फुर्सदको समयमा चल्लाका बच्चाहरु संग रमाउँदा आनन्द लाग्ने गरेको उनले प्रतिक्रिया दिए । गायक तथा संगीतकार आचार्यले संगीत, स्वर र एरेञ्ज समेत गरेका गरि हालसम्म झन्डै ६ सयजति गीत बजारमा आइसकेका छन् ।

प्रकाशित मिति : २०७७ पुष २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *